रामचन्द्रले भने-मैले छाड्दा झलनाथको ढाड भाँचियो

१८ बैशाख, काठमाडौं । एमाओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनालले किन ढाड भाँचेको भनेर चारपटक फोन गरेको बताउनुभएको छ ।
Ramchandra_Jha‘मैले एमाले परित्याग गरेको दिन झलनाथ जीले चार पटक फोन गर्नुभो’ इटहरीमा बुधबार आयोजित सभामा नेता झाले भन्नुभयो-’अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।’ खनालको प्रश्नको जवाफमा आफूले सही समयमा आफूले सही निर्णय गरेको सुनाउनुभयो । उहाँले आफूहरुले उठाएको एजेण्डाहरु सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबरिएको बताउनुभयो ।
अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका झाले कांग्रेस र मधेसवादी दललाई समेत छाड्नुभएन । एमाओवादीका नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनु भयो । ‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरुलाई छाडेर नष्ट गर्ने दृष्टता नगर्नुस्’ झाले भन्नुभयो-’मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरु नछोड्नुस् ।’
मधेसी दलहरु भ्रष्टाचारी भएको भन्दै उहाँले भन्नुभयो-’उहाँहरु जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।’ पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालले मोहन बैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.