घुस लिँदालिँदै डिएसपी पक्राउ
काठमाडौं– एक साताअघि मात्रै डिएसपीमा बढुवा पाएका तेजेन्द्र पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग थानकोटका प्रमुख पौडेललाई एक व्यापारीसँग रकम लिँदै गर्दा शुक्रबार बेलुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
स्रोतका अनुसार उनी कवाडी व्यापारीसँग ३५ हजार रुपैयाँ लिँदादिँदै पक्राउ परेका हुन्। अख्तियारले पक्राउ गरी उनलाई हिरासतमा राखेको छ। अख्तियारका सहप्रवक्ता केशवप्रसाद घिमिरेले भने यसबारे आफूलाई केही जानकारी नभएको बताए।
प्रहरी प्रधान कार्यालयको सिफारिसका गृह मन्त्रालयले हालै थानकोट प्रभागलाई वृत्त बनाएर प्रहरी निरीक्षकको स्थानमा डिएसपीलाई प्रमुख तोकेको थियो। नयाँ सरुवामा वीरबहादुर बूढा वृत्त प्रमुखका रूपमा थानकोट आएका थिए। पौडेलको सरुवा क्षेत्रीय तालिम केन्द्र भरतपुरमा भए पनि बूढा नआएकाले उनी प्रभागमै थिए।
स्रोतका अनुसार उनले जाँदाजाँदै थानकोट क्षेत्रका व्यापारीसँग रकम मागेका थिए। उनले कवाडी सामानका एक व्यापारीसँग ३५ हजार रुपैयाँ मागेपछि ती व्यापारीले अख्तियारलाई जानकारी गराएका थिए।
अख्तियारले शुक्रबार थानकोटमा मुचुल्काका लागि प्रहरी टोली मगाए पनि के कामका लागि भन्ने खुलाएको थिएन। पछि मात्रै आफ्नै संगठनका डिएसपीलाई रंगेहात पक्राउ गर्न मुचुल्का टोली मगाएको खुलेको थियो। पौडेल अख्तियारको फन्दामा परेकोबाहेक अन्य विवरण प्रहरी अधिकारीले पनि पाउन सकेका छैनन्।

0 comments
Write Down Your Responses