साथीको झगडा रोक्न खोज्दा मारिए मलेसियामा नेपाली

८ असोज, क्वालालम्पुर । आफ्नै साथीहरुवीचको झगडा रोक्न खोज्दा मलेसियामा एक नेपाली मजदुरले ज्यान गुमाएका छन् । क्वालालम्पुरको हुलु सेलेङ्गरमा सोमबार बिहान भएको घटनामा ३० बषिर्य नेपाली पतिराम राधको निधन भएको मलेसियन दैनिक पत्रिका न्यू स्ट्रेट टाइम्सले जनाएको छ । कम्पनीमा सँगै काम गर्ने दुई नेपाली साथीहरु झगडा गरेपछि उनले छुट्टाउने कोसिस गरेका थिए । तीमध्येका एकले स्टीलको मोडेको जुत्ताले छातीमा प्रहार गरेका थिए । उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको थियो । स्थानीय प्रहरीले उनमाथि आक्रमण गर्ने र झगडामा संलग्न तीन जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.