यार्सागुम्बुबाट एकै परिवारको कमाई १७ लाख

१३ साउन, काठमाण्डौं । यार्चागुम्बुबाट अघिल्लो वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका रुकुमको हुकाम ४ का दालचन बुढाको ६ जनाको परिवारले यो बर्ष करिब डेढ महिना बुकिपाटनमै बितायो । उनीहरु जेठ २० गते बुकिपाटन पुगेका थिए । त्यहाँबाट साउन ३ गते मात्र फर्किए यस बर्ष परिवारका सबै सदस्यले टिपेको यार्चागुम्बाबाट १४ लाख रुपैयाँ कमाएको बुढाले खुसी हुँदै सुनाए । ‘यसपालि राम्र कमाइ भयो,’ उनले भने, ‘अघिल्लो वर्ष यार्चाबाटै कमाएको १० लाख रुपैयाँमा किनेको दाङको तुल्सीपुरको घडेरीमा घर बनाउने विचारमा छु ।’

उनकी ७१ बर्षकी आमादेखि १५ बर्षका छोरा विप्लवसमेत यसपालि बुकिपाटन पुगेका हुन् । यार्चा टिप्न नगए हाम्रो परिवार भोकभोकै हुन्छ ।’ उनले भने ‘गाउँमा अन्न उत्पादन नहुने भएकाले वर्षभरिको गास बासको जाहो यार्चागुम्बाबाटै हुन्छ ।’ उनले यो बहुमुल्य जडीबुटी टिपेको रकमले ५ बर्षअघि सदरमुकाममा ६ कोठे पक्की घर बनाएका छन् ।

जेठको पहिलो साता बुकिपाटन पुगेका तकसेरा ३ घुम्लिबाङका पहलबहादुर पुन, उनका तीन छोराहरु अंकित, बद्री र जितबहादुर पनि साउन ६ गतेमात्र सदरमुकाम पुगे । काठमाण्डौं बालाजुमा छोराहरुसहित रुकुम लांघाली गेस्टहाउस चलाउँदै आएका पुन सात बर्षदेखि नियमित यार्चा टिप्नकै लागि कोटस्थित बुकिपाटन पुग्ने गरेको कान्तिपुर दैनिकमा खबर छ । उनका अनुसार यसपाली यार्चाको मूल्य बढेका कारण आम्दानी पनि राम्रो भएको हो ।

यार्चागुम्बु पाइने रुकुमको मैकोटस्थित बुकिपाटनमै प्रतिकिलो २८ लाखमा बिक्री भएको छ । सिजन व्यवस्थापन समितिका अनुसार यस बर्ष राम्रो उत्पादन भएकाले बुकिपाटनमै न्यूनतम २८ लाखमा यार्चागुम्बु बिक्री भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.