करिअरकै अन्तिम सिनेमा हुने भन्दै ‘हमेशा’ खेलेकी थिइन् रेखाले !
रेखाले ‘हमेशा’ आफ्नो लागि सिने करिअरकै अन्तिम सिनेमा हुने भन्दै खेल्न मन बनाएपछि आर्यनलाई नयाँ सिनेमामा खेलाउने बाँचा छविले गरेका थिए । यसपश्चात आर्यनले पनि छविको कुरा नकार्न नसकेको वुझिएको छ ।
छबिले भने, ‘मेरो र उनको लडाई चरम विन्दुमा पुगेको समयमा मैले आर्यनलाई संझौता गरेको थिए । तर पछि रेखाले मलाई ‘हमेशा’ मेरो करिअरकै अन्तिम सिनेमा हुने भन्दै खेल्छु भनेपछि मैले नकार्न सकिन ।’ छविले भने, ‘मैलै नै रेखालाई ‘हमेशा’ पछि पनि अरु सिनेमा खेल्न भन्दै सल्लाहा दिएको थिए । यसैले उनले आज अरु सिनेमा पनि खेलिरहेकी छिन् ।’
उनले आफूले यो बिषयमा कुनै स्क्यान्डल नगरेको बताए । चलचित्र ‘लोफर’मा आर्यन सिग्देललाई लिएर रेखा थापालाई बाहिर राखेपछि यसले बजारमा चर्चा पाएको छ । एक आपसमा दुश्मनी मोल्दै आएका रेखा र आर्यनबिच बोलचाल नभएको लामो समय भैसकेको छ ।
यसैमा रेखाको करिअर बचाउँदै उनलाई नम्बर १ बनाएका छविले समेत पत्याउन छोडेपछि नायिका थापाको सिने यात्रा धरमराएको धेरैको तर्क छ । मिडियाकर्मीलाई नै कुट्दै हिडेपछि नायिका थापा यतिबेला छाँयामा परेकी छिन् । संचारमाध्यमसँग नराम्रो व्यवहार देखाउन थालेपछि ‘हमेशा’मा उनलाई मिडियाले खुलेर साथ दिएको थिएन । यसैले पनि रेखा लिनु ‘आफ्नै खुट्टामा बञ्चरो हान्नु हो’ भन्ने वुझेकैले छविले ‘लोफर’मा उनलाई नलिएको धेरैको तर्क छ ।



सोमबारदेखि चलचित्र ‘लोफर’को छायांकन सुरु गरेका छविले रेखासँग सहकार्य नै नहुने भन्ने कुरालाई भने नकारेका छन् । उनले भने, ‘सहकार्य नै हुँदैन भन्ने होइन, तर यो सिनेमामा उहाँको भूमिका नभएर मात्र हो ।’
0 comments
Write Down Your Responses