समाचार
»
११ विद्यार्थी संगठनद्वारा भोलिको वन्द फिर्ता
११ विद्यार्थी संगठनद्वारा भोलिको वन्द फिर्ता
२५ वैशाख, काठमाण्डौ । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरिएको भन्दै नेपाल विद्यार्थी संघ लगायतका ११ विद्यार्थी संगठनले विहीवारका लागि आहृवान गरेको उपत्यका वन्द फिर्ता लिएको छ । कार्कीलार्इ अख्तियार प्रमुखमा नियुक्त नगर्न माग गर्दै आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनले विहीवार आमाको मुख हेर्ने औँशी परेकाले पूर्व निर्धारित उपत्यका वन्द फिर्ता लिइएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । बुधवार दिउँसो अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ११ विद्यार्थी संगठनको वैठकले वन्द फिर्ता लिने निर्णय गरेको प्रवक्ता लामिछानेले वताउनुभयो । विहीवारको उपत्यका वन्द फिर्ता लिएसंगै बैशाख २९ गतेका लागि नेपाल वन्दको आहृवान गरिएको लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार सरकारी क्याम्पस अगाडि भने दैनिक एक घण्टा विरोध कार्यक्रम भने यथावत रहने छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses