चावहिल-जोरपाटी क्षेत्रमा सीसी क्यामेरा राखिने


काठमाडौं, वैशाख २९ - जोरपाटी गाविसले आफ्नो क्षेत्रमा हुने आपराधिक गतिविधि कम गर्न र भएका घटनाका दोषी पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा सहित चावहिल जोरपाटी क्षेत्रमा ३५ वटा सिसी क्यामरा जडान गर्ने भएको छ । गाविस सचिव विनय सिंखडाले चावहिलदेखि जोरपाटी क्षेत्रमा मानिसको बढी चहपहल हुने भएकाले सीसी क्यामेरा जडान गर्न लागेको बताए । पहिलो चरणमा मानिसको मुख्य चहलचपहल हुने क्षेत्रमा जडान गर्न लागिएको जानकारी दिदै भने, 'दोस्रो चरण अन्य क्षेत्रमा पनि राखिन्छ ।' नमूना गाविस बनाउन सुरु गरिएको पहल भएकाले सहयोगका लागि गाविसले अनुरोध गरेको छ । पहिलो चरणमा सुरक्षा समवेदनशील क्षेत्रमा क्यामेरा जडान गरिनेछ । 'स्रोत साधनका हिसावले पनि अलि सम्पन्न गाविस छ, काम गर्न सजिलो छ' उनले भने, 'सहरका मुख्य मुख्यस्थानमा सीसी क्यामरा जडान गरिए प्रहरीलाई पनि अपराधिक गतिविधि नियन्त्रण गर्न सजिलो हुनेछ ।' गाविसले अपाङगमैत्री शौचालय भवन निर्माणका लागि यस वर्षको गाविस २० लाख रुपैया बजेट विनियोजन गरेको छ । जोरपाटीदेखि नारायणटारसम्मको सडकलाई अपाङगमैत्री निर्माण गर्न लागिएको उनले जनाए । सडकको चौडाईको नापजाच गरिएको भन्दै उनले सडक विभागसंग पनि समन्वय गरेर अघि बढ्ने बताए । 'जोरपाटी गाविसमा अपाङग अस्पताल छ, उनीहरुको हितलाई पनि ध्यानमा राखेर सडक दुबै लेन अपाङगमैत्री बनाउंदैछौं' उनले भने । गाविसका अनुसार यसक्षेत्रमा ५ हजार अपाङगहरु बसोबास गर्छन् । जोरपाटी क्षेत्रका अपाङगलाई गाविसले नै विशेष अपाङग भत्ता घोषणा गर्न लागिएको उनले बताए । 'सरकारले भत्ता दिएको नै छ, तै गाविसले विशेष भत्ता दिन लागेका छौं सर्वदलीय बैठकमा छलफल भइसकेको छ' उनले भने, 'विशेष भत्ता तीन सय वा कति दिने भन्नेवारे छलफल गर्दैछौं ।' जोरपाटी गाविसले वाषिर्क दुई करोड रुपैयाू भन्दा बढी आन्तरिक आम्दानी गर्ने गरेकेा छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.