अर्को वर्ष मोबाइलले मान्छेलाई जित्ने

woman-talking-on-mobile-phoneविश्वमा अर्को वर्षसम्ममा मान्छेको जनसंख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीको एक रिपोर्ट अनुसार सन् २०१४ को अन्त्यसम्ममा विश्वमा मानिसको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने भएको हो । इन्टरनेशनल टेलिकम युनियनका अनुसार आगामी वर्षभरिमा विश्वमा मोबाइल फोन ग्राहकको संख्या ७ अर्ब नाघ्नेछ । अहिले विश्वमा ६ अर्ब ८० करोड मोबाइल फोन प्रयोगमा छन् भने विश्वको जनसंख्या ७ अर्ब १० करोड छ । युनियनका अनुसार विश्वमा २ अर्ब ७० करोड अर्थात् ४० प्रतिशत मानिस अहिलेे इन्टरनेटको पहुँचमा छन् । जबकी साढे ४ अर्ब जनसंख्या अहिलेपनि अनलाइनको पहुँच बाहिर छन् ।
पूर्व सोभियत संघ आबद्ध देशहरुमा सबैभन्दा धेरै मोबाइल घनत्व रहेको र एकजना व्यक्तिसँग औषतमा १.७ वटा मोबाइल फोन प्रयोगमा रहेको रिपोर्टले देखाएको छ । अफि्रकामा भने मोबाइल फोनको प्रयोग सबैभन्दा कम छ । त्यहाँ हरेक १ सय जनामा केवल ६३ जनाले मात्र मोबाइल फोनको प्रयोग गर्ने गरेका छन् ।
अनलाइन पहुँचको हिसाबले युरोप सबैभन्दा अगाडि अर्थात् ७५ प्रतिशत छ । अमेरिका दोश्रो, एसिया तेश्रो तथा अफि्रका १६ प्रतिशत सहित सबैभन्दा तल्लो स्थानमा छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.