रियल रोकिँदा बार्सिलोनालाई उपाधि

२९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले ४ खेल अघि नै उपाधि पक्का गरेको हो ।
barca
दोस्रो स्थानमा रहेको रिलय मड्रिडले २ खेल मात्र खेल्न बाँकी छ र बार्सिलोनाको ७ अंकको अग्रता छ । बार्सिलोनाको ३४ खेलबाट ८८ अंक छ भने ३६ खेल खेलेको रियलको ८१ अंक मात्र छ ।
क्याम्प नाउको प्रशिक्षक टिटो भिल्लोनोभको यो पहिलो उपाधि हो भने पछिल्लो ५ वर्षमा बार्सिलोनाले चौथो पटक ला लिगाको उपाधि उचालेको हो । ८१ लिग खेलेको बार्सिलोनाको यो २२ औं उपाधि हो । रियल मड्रिडले भने अहिलेसम्म ३२ पटक ला लिगा जितेको छ ।
स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिडसँग पराजित भएको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रे कप फुटबलको पनि सेमिफाइनलबाट बाहिरिएको छ । रियल मड्रिडले कोपा डेल रेको उपाधिका लागि आगामी शुक्रबार एल्थेटिको मड्रिडसँग खेल्नेछ ।
ला लिगामा यो सिजन पनि बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी सर्वाधिक गोलकर्ता छन् । उनले ४६ गोल गरेका छन् भने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले ३४ गोल गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.