युवतीको उजुरी विरुद्ध यातायात बन्द


इलाम – चालक पक्राउको विरोधमा यातायात मजदुरहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दले इलामको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गसहित सहायक मार्गहरुमा बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्। मे१ज ६०१ नम्बरको जीपका चालक शुशील सिन्च्युरीलाई विर्तामोडस्थित प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो। कोलबुङकी एक युवतीलाई चालक सिन्च्युरीले आफूलाई जीप चढेका बेला यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनलाई प्रहरीले पक्रेको हो। पक्राउ परेका सिन्च्युरीलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाइएको झापा प्रहरीले बताएको छ। यातायात मजदुरसम्बद्ध विर्तामोडस्थित नयाँ वसपार्क इकाई, इलामको पूर्वेली मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल मजदुर संगठनले विज्ञप्ति प्रकाशित गरी चालक सिन्च्युरीलाई झुटो आरोप लगाएर फसाउन खोजेको भन्दै उनको निसर्त रिहाइको माग गर्दै अनिश्चित यातायात बन्दको आह्वान गरेको जनाएका छन्। पूर्वेली अध्यक्ष सुमन श्रेष्ठले कमजोरी नै नगरेका चालकलाई विनाप्रमाण दोषमा मात्रै लगाइएको दाबी गरे। यही माग राखेर हिजो पनि मजदुरहरुले इलाम र झापामा यातायात बन्द गराएका थिए। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.