सरकारी छाप किर्ते गर्ने सुब्बा पक्राउ


राजविराज - सरकारी कागज किर्ते गर्ने सप्तरीका एक सरकारी कर्मचारी गिरफ्तार भएका छन्। झुठा सर्जमिन खडा गरी गाविस सचिवको किर्ते सही गर्ने मालपोत कार्यालय सप्तरीका नायब सुब्बा गणपति चौधरी गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नायब सुब्बा चौधरीमाथि सप्तरीको कमलपुर गाबिस–४ स्थित १२ कट्ठा १० धुर ऐलानी जग्गा सोही ठाउँका मनिलाल बहरदारको हो भनी झुठा सर्जमिन खडा गरेको आरोप छ। उनलाई झुठा सर्जमिन खडा गरी गाबिस कमलपुरका सचिव देवीप्रसाद कोइरालाको किर्ते हस्ताक्षर र सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.