तेसै थोत्रिए संसद्का गाडी
१० जेठ, काठमाण्डौं । संविधानसभा विघठन भएको एक वर्षसम्म पनि निर्वाचन
हुन नसकेपछि संसद्मा थन्क्याइएका सयौं सवारीसाधन थोत्रिन थालेका छन् । उचित
मर्मतसम्भारको अभावमा ती गाडीहरू बिग्रनसमेत थालेका छन् । संसद् सचिवालयका
एक कर्मचारीका अनुसार सातामा दुई दिन अनिवार्य गुडाउनुपर्ने गाडीहरू
वर्षदिनसम्म पनि प्रयोगविहीन अवस्थामा थन्क्याउनु परेपछि इन्जिन निस्क्रिय
भई बिग्रने अवस्थामा पुगेका हुन् । जसबाट राज्यलाई करिब १ अर्ब बराबरको
क्षति हुने देखिएको छ ।
मंसिरमा
निर्वाचन भई नयाँ सदस्यहरू आएको भए थन्किएका सवारीसाधन प्रयोग गर्दा कुनै
समस्या आउने थिएन । मंसिरसम्ममा गाडी चलाउन पाएको भए कुनै समस्या नआउने
संसद् सचिवालयका प्राविधिकहरूको भनाइ छ ।
१४ जेठ २०६९ को मध्यराति अकस्मात संविधानसभाको विघठन गरेका तत्कालीन
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ७ मंसिरमा पुनः संविधानसभाको निर्वाचन
घोषणा गरेका थिए । नयाँ संविधानसभाको निर्वाचनको अन्योलले थन्किएका
सवारीसाधनहरूको प्रयोग गर्ने अवस्थालाई लम्ब्याएको छ । जसले अर्को
निर्वाचनपछि आउने पदाधिकारीका लागि यी सवारीसाधन प्रयोग गर्न योग्य हुने
अवस्था देखिएको छैन । अहिले १ सय २ सवारीसाधन संसद् सचिवालय र संविधानसभा
भवन बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा थन्किएको
राजधानी दैनिकमा खबर छ ।
संसद् सचिवालयले सभामुख, उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतक,
समितिका सभापति, राजनीतिक दलका एकजना प्रतिनिधिलाई सवारीसाधन उपलब्ध गराएको
थियो । संविधानसभा गठनपछि उपलब्ध गराइएका ती सवारीसाधनहरू संविधानसभाको
अवसानपछि संसद् सचिवालयले फिर्ता लिई थन्क्याएर राखेको छ । कुल १ सय १२
सवारीसाधनमा १० ओटा गाडी लिलाम गरिएको छ भने दुईओटा बस निर्वाचन आयोगलाई
निर्वाचन प्रयोजनका लागि गत ३ वैशाखमा उपलब्ध गराइएको छ ।
तीमध्ये ८० ओटा सवारीसाधन प्रयोग गर्न सकिने अवस्थाका छन् । बाँकी २२
ओटा सवारीसाधन केही मर्मत गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ ।
संविधानसभा नभएको अवस्थामा ती सवारीसाधनको प्रयोग हुने अवस्था नभएपछि के
गर्ने भन्ने निर्णय गर्न सचिवालयलाई अप्ठ्यारो छ ।
|
0 comments
Write Down Your Responses