समाचार
»
आदिवासीको महाधिवेशनमा ४ दलका शीर्षनेता निषेध
आदिवासीको महाधिवेशनमा ४ दलका शीर्षनेता निषेध
२८ वैशाख, चितवन । नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा ४ दलका नेतालाई निषेध गरिने भएको छ । कर्मचारी सरकार र भ्रष्टचारीलाई अख्तियार प्रमुख बनाउनेलगायत जनविरोधी काम गर्ने ४ दलका शीर्षस्थ नेतालाई नालायकको संज्ञा दिँलै उनीहरुलाई महाधिवेशनमा निषेध गरिएको हो । महासंघ अध्यक्ष राजकुमार लेखी थारुका अनुसार चार दल प्राइभेट लिमिटेडका प्रमुखहरु एमाओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छादारलाई कार्यक्रममा प्रवेश गराइँदैन् । राजधानी बाहिर पहिलो पटक हुन लागेको महाधिवेशनलाई ऐतिहासिक रुपमा हेरिएको कान्तिपुर दैनिकमा खबर छ । १ लाख सर्वसधारणलाई चितवनमा भित्र्याउने लक्ष्यका साथ तयारी भइरहेको महासंघको चितवन शाखा अध्यक्ष पदमबहादुर गुरुङले बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses