सेक्समा सन्तुष्ट हुन यसो गरे राम्रो

aयोगा गर्ने ब्यक्ति सेक्समा सन्तुष्ट नियमित योगा र ब्यायामले केवल शरीर मात्रै स्वास्थ्य राख्दैन, सेक्समा पनि सन्तुष्टि दिलाउछ । सेक्स सम्बन्धि समस्या हुनेहरुले कुनै पनि औषधि सेवन भन्दा नियमित योग गर्नु उपयुक्त हुन्छ भनिएको छ । विभिन्न योग गुरुहरुको भनाई अनुसार नियमित योग गरेपछि तन र मन दुबैलाई सुखी राख्न सकिन्छ । भारतमा गरिएको एक अध्ययन अनुसार नियमित योगा गर्ने ब्यक्ति सेक्समा बढी सुखी देखिएका छन् भने त्यस्ता ब्यक्तिहरु अन्य संक्रमणवाट पनि मुक्त हुने गरेका छन् । यदि योगा गर्ने समय छैन भने हल्का मालिस गरेर पनि शरीरलाई स्वास्थ्य राख्न सकिन्छ । त्यसका लागि दैनिक कम्तिमा १५ मिनेट समय भने छुट्याउनै पर्छ । तोरीको तेल लगाएर हात र खुट्टाका कापमा मालिस गरेर मष्तिष्कलाई स्फुर्त राख्न सकिन्छ । मष्तिष्क सुख भएपछि सेक्समा खुसी हुने वातावरण तय हुन्छ । सेक्समा समस्या भएकाहरुले योगा गर्ने हो भने दुई आसन अनिवार्य हुन्छ । पहिलो हो भुजंगासन . यो आसन महिलाका लागी भन्दा पनि पुरुषका लागी फलदायी हुन्छ । यो आसनले छातीलाई चौडा बनाउनुको साथै स्वप्नादोष र सिघ्र पतन रोक्न सघाउछ । मयुरासन . यसले पुरुषहरुको शुक्रकिट बृद्धिमा सघाउ पुरयाउछ , मासिक धर्ममा समस्या देखिएका महिलाहरुको समस्या समाधानमा सघाउ पुरयाउछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.