सेक्समा सन्तुष्ट हुन यसो गरे राम्रो
योगा गर्ने ब्यक्ति सेक्समा सन्तुष्ट नियमित योगा र ब्यायामले केवल शरीर
मात्रै स्वास्थ्य राख्दैन, सेक्समा पनि सन्तुष्टि दिलाउछ । सेक्स सम्बन्धि
समस्या हुनेहरुले कुनै पनि औषधि सेवन भन्दा नियमित योग गर्नु उपयुक्त
हुन्छ भनिएको छ । विभिन्न योग गुरुहरुको भनाई अनुसार नियमित योग गरेपछि तन र
मन दुबैलाई सुखी राख्न सकिन्छ । भारतमा गरिएको एक अध्ययन अनुसार नियमित
योगा गर्ने ब्यक्ति सेक्समा बढी सुखी देखिएका छन् भने त्यस्ता ब्यक्तिहरु
अन्य संक्रमणवाट पनि मुक्त हुने गरेका छन् । यदि योगा गर्ने समय छैन भने
हल्का मालिस गरेर पनि शरीरलाई स्वास्थ्य राख्न सकिन्छ । त्यसका लागि दैनिक
कम्तिमा १५ मिनेट समय भने छुट्याउनै पर्छ । तोरीको तेल लगाएर हात र
खुट्टाका कापमा मालिस गरेर मष्तिष्कलाई स्फुर्त राख्न सकिन्छ । मष्तिष्क
सुख भएपछि सेक्समा खुसी हुने वातावरण तय हुन्छ । सेक्समा समस्या भएकाहरुले
योगा गर्ने हो भने दुई आसन अनिवार्य हुन्छ । पहिलो हो भुजंगासन . यो आसन
महिलाका लागी भन्दा पनि पुरुषका लागी फलदायी हुन्छ । यो आसनले छातीलाई चौडा
बनाउनुको साथै स्वप्नादोष र सिघ्र पतन रोक्न सघाउछ । मयुरासन . यसले
पुरुषहरुको शुक्रकिट बृद्धिमा सघाउ पुरयाउछ , मासिक धर्ममा समस्या देखिएका
महिलाहरुको समस्या समाधानमा सघाउ पुरयाउछ ।
|
0 comments
Write Down Your Responses