जडिबुटी औषधि खाँदा ज्यान गयो
लमजुङमा रक्सी छुटाउने भन्दै चिनजानेका व्यक्तिले दिएको जडिबुटी औषधि खाँदा एक जनाको ज्यान गएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला नाल्मा गाउँ विकास समिति वडा नम्बर १, ज्यारखाङ घर भएका ५२ बर्षिय दानबहादुर गुरुङको जडिबुटी सेवनपछि बान्ता भएर मंगलबार साँझ मृत्यू भएको हो ।
मालिङ गाउँ विकास समिति वडा नम्बर ५, घर भई हाल वेसीशहर गाविस ९ सित्तलपाटी बस्दै आएका खुसीमान विकले बिहान ‘जाँड छोड्ने औषधी’ भन्दै जडिबुटी दिएपछि बान्ता हुन सुरु गरेका गुरुङलाई उपचारका लागि जिल्ला सामुदायिक अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा गुरुङको मृत्यू भएको प्रहरीले जनाएको छ ।
जडिबुटी औषधी दिने विकलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । उनले जडिबुटी औषधी दिएको स्वीकार गरेका छन् । जडिबुटीको नाम भने खुल्न सकेको छैन ।
0 comments
Write Down Your Responses