संवैधानिक परिषदले अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीको नाम सिफारिस गरेपछि प्रमुख दल र नागरिक समाजबाट विरोध आएपछि मंगलबार प्रमुख चार दलको बैठक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवासमा भएको थियो।
बैठकमा नेपाली कांग्रेस र एमालेका नेताहरुले कार्कीको नाम पुनर्विचार गर्न प्रस्ताव गरेका थिए। तर एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले दुई दलको प्रस्ताव अस्वीकार गर्दै चार दलीय सहमति उल्ट्याउन नहुने धारणा राखेका थिए।
बैठकपछि मधेसी मोर्चाका नेता विजय गच्छदारले अहिले आएर पार्टीहरुले विवाद गर्नुको कुनै अर्थ नरहेको भन्दै अब यो विवाद मन्त्रिपरिÈद् अध्यÔ र राष्ट्रपतिले मिलाउने विÈय भएको बताए।
'चार दलबीच प्याकेजमा सहमति भएअनुसार यो सरकार बनेको हो,' बैठकपछि उनले भने, 'त्यही सहमतिअनुसार सबै विÈय अगाडि बढ्नुपर्छ। अहिले विवाद गरेर कुनै अर्थ छैन।'
संवैधानिक अंगका प्रमुख नियुक्तिबारे विवाद गर्नुको कुनै अर्थ नभएको भन्दै गच्छदारले भने, 'विवाद गर्ने भए पहिले नै उच्चस्तरीय समितिको बैठकमा गर्नुपर्थ्यो, समितिमा सहमति भएकाले नाम सिफारिस गरिएको हो।'
संवैधानिक परिषदले गरेको सिफारिसका विषयमा दलहरुबीच विवाद गर्नुको कुनै अर्थ नभएको भन्दै उनले भने, 'यो पार्टीहरुले विवाद गर्ने विषय होइन।'
बैठकपछि अन्य दलका नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन्। चार दलबीच कुनै सहमति नजुटेपछि शीर्ष नेताको बैठक बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुनः बस्ने भएको छ।
संवैधानिक परिषदको आइतबारको बैठकले कार्कीलाई अख्तियार, कयोदेवी यमीलाई लोकसेवा र भानु आचार्यलाई महालेखापरीक्षक नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने प्रमुख चार दलबीच शुक्रबार निर्वाचनसम्बन्धी कानुनबारे सरकार–दल आसन्न छलफलसम्बन्धी प्रारम्भिक कुराकानी भएको जानकारी दिए। 'संवैधानिक परिषदले संवैधानिक अंगहरुमा गरेको सिफारिसका विषयमा दलका नेताहरुले आपसमा छलफल गर्नुभयो,' उनले भने, 'निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा दलहरुले दिएका सुझावलाई कसरी समेट्न सकिन्छ भन्नेमा नै सफल केन्द्रित थियो।'
यसैबीच, बुधबार बिहान राष्ट्रपतिले आफ्ना सल्लाहकार र सहयोगीसँग छलफलपछि परिषदको सिफारिसलाई स्वीकार गर्ने वा फिर्ता पठाउने भन्नेबारे निर्णय लिने स्रोतको दाबी छ। 'आज (मंगलबार) सम्मको छलफलबाट यस्तो नै हुन्छ भन्न सकिँदैन,' स्रोतले भन्यो, 'बुधबार बैठक गरेर त्यस विषयमा हामी एउटा निर्णयमा पुग्नेछौं।'
राष्ट्रपति रामवरण यादवले मंगलबार मन्त्रिपरिषद अध्यक्षका साथै प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन्। राष्ट्रपतिले मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई बिहान, एमाले अध्यक्ष झलनाथ खनाललाई अपराह्न भेटेका थिए भने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका केही नेतासँग फोनमा कुरा गरेको स्रोतको दाबी छ।
मन्त्रिपरिषद अध्यक्ष रेगमीले संवैधानिक परिषदको सिफारिसअनुसार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा कार्कीलाई नियुक्त गर्न राष्ट्रपति यादवलाई भेटी आग्रह गरेका छन्। मंगलबार बिहान शीतल निवास पुगेका रेग्मीले दलीय सहमतिका आधारमा परिषदले नाम सिफारिस गरेकाले त्यसलाई स्वीकृत गर्न आग्रह गरेका थिए।
राष्ट्रपतिसँग झन्डै डेढ घन्टा लामो भेटमा अध्यक्ष रेग्मीले परिषदको सिफारिस संविधान र कानुनसम्मत रहेको जिकिर गरेका थिए। राष्ट्रपति यादवले भने परिषदले नियुक्तिका लागि दिएको नामका विषयमा असन्तुष्टि सुनिएको भन्दै त्यसतर्फ रेग्मीको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति यादवले विभिन्न राजनीतिक दल र सरकारमा सहभागी मन्त्रीले नै असन्तुष्टि जनाएको विषयमा रेग्मीसँग चासो व्यक्त गरेका थिए।
रेग्मीका प्रेस सल्लाहकार गौतमले राष्ट्रपतिसँगको भेटमा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा विचारविमर्श भएको जानकारी दिए। 'सुशासनका लागि सबै संवैधानिक निकाय पूर्णरूपमा क्रियाशील हुनुपर्ने, त्यसका लागि आवश्यक संख्यामा कानुनबमोजिम पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अघि बढाई पूर्णता दिनुपर्ने राष्ट्रपति यादवले औँल्याउनुभयो,' गौतमले भने।
त्यस्तै, राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल शीतल निवास पुगेका थिए। खनालले एकीकृत माओवादीको प्रस्तावमा कार्कीलाई अख्तियार प्रमुख बनाउने सहमति चार दलबीच भएको राष्ट्रपतिलाई सुनाउँदै कार्कीलाई नै प्रमुख बनाउँदा विरोध थेग्न गाह्रो हुने सुनाएका थिए।
-
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
- स्कट भित्रको पेन्टी (भिडियो ) भाग १
- वायु प्रदूषणले काठमाण्डौंबासीको ज्यान जोखिममा
- दूध बेचेरै ६० हजार कमाउँछन श्यामकुमार
- एक बर्षमा बिक्छ ९१ अर्बको दूध
- राजावादीसँग माओवादीको भेटघाट तीव्र
- महिलाले गरे सैनिकलाई बलात्कार
- एउटै गाउँबाट सातसय युवा कतारमा
- आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा !
- अध्यक्ष रेग्मीको पुख्र्यौली घर नजिकै बम
- पाडोले मकै खाएको निहुँमा वृद्धाको हत्या
Labels
समाचार
(1730)
समाज
(362)
अचम्म संसार
(321)
मनोरञ्जन
(233)
अन्तराष्ट्रिय
(199)
sex
(165)
ग्ल्यामर
(140)
feature
(124)
स्वास्थ्य
(117)
Rashifal
(111)
खेलकुद
(111)
Kollywood
(100)
bollywood
(99)
भिडियो
(72)
technology
(59)
hotnews
(31)
TVSHOW
(30)
अन्तवार्ता
(30)
अन्य
(28)
Hollywood
(27)
news
(12)
Media
(5)
Music
(2)
hijo aja ka kura
(1)
0 comments
Write Down Your Responses