अश्लील साइटको यात्रा( भिडियो सहित)

मेरिकी पोर्नस्टार सन्नी लियोन, ३०, भारतको एक टेलिभिजन कार्यक्रम 'बिग बोस'मा सहभागी हुने खबरलगत्तै त्यहाँ एकप्रकारको तहल्का मच्चिएको थियो । त्यसको प्रभाव छिमेकी देशहरूमा समेत उस्तैगरी पर्‍यो। बंगलादेश र पाकिस्तानमा सबैभन्दा बढी गुगलमा खोजिएकी सेलिबि्रटी बनिन् लियोन। नेपालबाट समेत पछिल्लो झन्डै साढे तीन महिनामा लियोनलाई १ सय ६० प्रतिशतभन्दा बढीले खोजी भयो।

यसले के देखाउँछ भने इन्टरनेटमा पोर्न -अश्लील) साइट खोजीमा नेपालीको चासो पनि बिस्तारै बढ्दै गइरहेको छ। यौनजन्य सामग्री, कामुक तस्बिर र भिडियोहरू तथा त्यस्तै खाले गीतसंगीतमा पनि युवापुस्ताको रुचि आकासिँदो छ।

नेपालमा इन्टरनेट भित्रिएको दुई दशक पनि भएको छैन। त्यसमाथि सर्वसाधारणले सर्वसुलभ ढंगबाट इन्टरनेट चलाउन थालेको त विसं '६० को दशकपछि मात्रै हो। यसबीचमा इन्टरनेट चलाउने नेपालीको संख्या ह्वात्तै बढ्यो। यही गतिमा नै पोर्नको स्वाद चाख्ने कुरा नेपालीहरूका लागि समेत ठूलो रहेन। विश्व बैँकले सन् २०११ म्ाा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१० सम्ममा नेपाललमा कुल जनसंख्याको ६.८ प्रतिशतमा इन्टरनेटको सहज पहुँच पुगेको छ। सन् २००९ बाट २०१० सम्म इन्टरनेट उपभोक्ता १ सय ६० प्रतिशतले बढे भने सन् २०१० बाट सन् २०११ मा ७४ प्रतिशतले। इन्टरनेटमा पहुँच भएका जमात मूलतः शिक्षित युवा र सहरयिा अधबैँसे वर्ग हुन्।इन्टरनेटमाथि जसरी पहुँच बढिरहेको छ, नेपाली युवाहरूले त्यसमार्फत अश्लील सामग्री हेर्ने प्रवृत्तिमा पनि तीव्र विकास भइरहेको छ। जस्तो ः गुगल इन्साइटको विवरण अनुसार पछिल्लो एक वर्षमा नेपालबाट सबैभन्दा बढी गुगलबाट खोजिएका सेक्सजडित कि-वर्डहरूमा 'पि|m-सेक्स', 'नेपाली सेक्स', 'सेक्स भिडियोज', 'इन्डियन सेक्स', 'सेक्सी', 'सेक्सगर्ल', 'हटसेक्स' र 'पोर्नसेक्स' हुन्। त्यसबाहेक नेपालबाट समग्र सर्चदर बढिरहेका १० कि-वर्डहरूमध्ये आधाजसो पोर्न सामग्री हेर्ने उद्देश्यबाट प्रेरति छन्। त्यसबाहेक अर्को रोचक तथ्य के छ भने, सन् २००४ यता नेपालमा यसरी सेक्ससँग जोडिएका सामग्री खोज्ने दर निरन्तर बढिरहेका छन्। स्मार्टफोनको प्रयोगसँगै झन् इन्टरनेटमा पोर्न साइट खोज्ने प्रवृत्तिमा तीव्रता आएको छ। घरमा वा सार्वजनिक ठाउँमा हेर्न असहज हुनेका लागि अहिले यो सबैभन्दा राम्रो विकल्प बनेको छ। प्लस टूका विद्यार्थी किरण महत हाकाहाकी भन्छन्, "शिक्षक नहुँदा कक्षाकोठाभित्रै समेत पोर्न साइट हेरन्िछ।"

यस्ता सामग्री बढी हेर्ने भनेकै प्लस टू पुस्ता हो। कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान)का पूर्वअध्यक्ष विप्लवमान सिंह पोर्न साइटप्रतिको आशक्तिलाई यौन आवश्यकता पूरा गर्न नपाउँदा मानिसले रोज्ने विकल्पको रूपमा लिन्छन्। भन्छन्, "हाम्रो समाजमा यसलाई सहज रूपमा लिन नसकिएको मात्र हो।" यौन दबाएर रोकिने कुरा होइन। विप्लव स्वयं आफ्ना कलेजका दिन सम्झन्छन्, जतिबेला उनीहरू लुकेर काठमाडौँको गुच्चाटोल, मखन र महाबौद्धमा पोर्न भिडियोहरू हेर्न जान्थे। भन्छन्, "मात्र डिजिटल प्रविधिमा कुराहरू रूपान्तरण भएका हुन्, नत्र यौन आशक्ति भन्ने कहिल्यै बढी वा कम हुने होइन।"

ब्लु -अश्लील) फिल्मका चक्काहरूसमेत आइनसकेका बेला काठमाडौँका कतिपय सम्भ्रान्त परविारका सदस्यहरू विदेशबाट नांगा पोस्टकार्ड मगाउँथे। यौनसम्बन्धी भारतीय उपन्यासहरूको बजारसमेत काठमाडौँमा राम्रो थियो। तर, अहिले कुनै निश्चित साइटको वेबलिंकसमेत थाहा हुनु नपर्ने सर्च इन्जिनको जमाना आइसकेको छ, जहाँ आफूले कस्तो प्रकृतिको पोर्न सामग्री हेर्ने हो, त्यससम्बन्धी मिल्दाजुल्दा शब्द हालेकै भरमा लाखौँ रोजाइका साथ नतिजाहरू आइपुग्छन्। सर्च इन्जिनमार्फत पोर्न सर्च गर्दा सहज मात्र हुँदैन, हरेक सेकेन्ड अपडेट र चर्चित भइराखेका नयाँनयाँ र फरक स्वादका पोर्न सामग्रीसमेत फेला पर्छन्।

उता गुगल ट्रेन्डले दिने तथ्यांक गुगलमा खोजिएका किवर्डहरू कुन देशबाट बढी खोजिए भन्नेमा मात्र केन्दि्रत हुन्छन्, जसले उक्त देशको जनसंख्या अनुपातलाई हेर्दैन। त्यसैले बढी नै मात्रामा पोर्न सर्च भए तापनि ससाना देश अग्रपंक्तिमा देखिन्नन्। तर पनि सेक्ससँग जोडिएका कतिपय किवर्डहरूमा नेपाल नै अग्रपंक्तिमा छ। 'भेजिना', 'नेकेड'जस्ता केही किवर्डहरू विश्वभरमा सबैभन्दा बढी नेपालबाटै सर्च भएका देखिन्छन्।

गुगल सर्च नतिजाको अर्को रोचक पक्ष के छ भने कुनै देशबाट सर्च हुने किवर्डहरूको प्रकृतिले त्यस देशका व्यक्तिहरू कस्तोखाले सेक्समा अभ्यस्त छन् वा रुचाउँछन् भन्ने जानकारी दिन्छ। नेपालबाट सर्च हुने शब्दहरू भने धेरैजसो यौनांग हेर्नमै केन्दि्रत छन्। तर, पश्चिमा देशहरूबाट भने यौनकला र यौनका अरू आयामहरूबारे बढी खोजी गरएिको छ। जस्तो ः अमेरकिामा हेर्ने हो भने समलिंगी सेक्ससँग जोडिएका किवर्डहरूसमेत उत्तिकै चर्चित छन्। उनीहरू सेलिबे्रटीका सेक्सकथा जान्नसमेत बढी उत्सुक देखिन्छन्। त्यस्तै बेलायतमा सेक्स गेमसमेत उत्तिकै बढी चर्चित छ, गुगल इन्जिनमा। उनीहरूले विभिन्न खाले कामसूत्र र शैलीहरूमा चासो देखाएको भेटिन्छ। नेपालबाट भने महिलाहरूसँग जोडिएका पोर्न सामग्री बढी खोजिएका पाइन्छन्। इन्टरनेटका पुरुष उपभोक्ता बढी भएकाले पनि स्वाभाविक रूपमा यस्तो भएको हो।

युवा जमातमा आफ्ना प्रेमी/प्रेमिकाबीच यौन सम्पर्कका लागि आग्रह गर्ने शैलीका रूपमा समेत पोर्न सामग्रीको प्रयोग बढिरहेको छ। यसले यौनका लागि उद्विपकको भूमिका निर्वाह गरेको छ। "मान्छेहरूले भन्नु नभन्नु अलग कुरा हो तर हरेक विवाहित जोडी अहिले डिजिटल या फिल्मका रूपमा पोर्न सामग्री हेरेर यौन आशक्तिलाई तीव्रोत्तर बनाउँछन्," इन्जिनियर विकास केसी भन्छन्, "यसलाई हामीले समाजमा डिजिटल प्रविधिले ल्याएको एउटा परविर्तनका रूपमा पनि लिन सक्छौँ।"

चर्चित सेलिबि्रटीका सेक्सी तस्बिर हेर्ने रहर सबै उमेर समूहका व्यक्तिहरूमा रहने यौन मनोविज्ञहरू बताउँछन्। गुगल सर्चमा सेलिबि्रटीका नांगा तस्बिर खोजिने क्रम बढेपछि अहिले थुप्रै त्यस्ता पोर्न साइटसमेत इन्टरनेट सञ्जालमा आएका छन्, जसले त्यस्ता सेलिबि्रटीको टाउको उस्तै उचाइ र मोटाइ भएको व्यक्तिको नांगो शरीरमा जोडिदिन्छन्। जुसमा सहजै फरक छुट्याउन गाह्रो पर्छ।

नेपालमा इन्टरनेटमा पोर्न सामग्री हेर्नेहरू यहाँको इन्टरनेटको गति र सहज क्रेडिट कार्ड सेवा नभएका कारण भिडियोमा भन्दा तस्बिरहरूमा बढी केन्दि्रत हुने गरेका छन्। यद्यपि, पैसा तिर्नुअगावै त्यस्ता पोर्न साइटहरूको 'टुर' निःशुल्क गर्न पाइन्छ, जसमा प्रायः नेपाली भिजिटरहरूले चित्त बुझाइरहेका छन्।

पछिल्लो समयमा थुप्रै नेपाली पोर्न साइटहरू पनि इन्टरनेट सञ्जालमा भेटिन थालेका छन्। नेपालबाट आधिकारकि रूपमा डोमेन लिएर पोर्न साइट चलाउन नपाइने हुँदा धेरै नेपाली पोर्नसाइटहरू ब्लगस्पट, वर्डप्रेसजस्ता सब-डोमेन भएका साइटमा भेटिन्छन्। यस्ता साइट भने इमेल एकाउन्ट खोलेजसरी सहजै खोल्न सकिन्छ। गुगल ट्रेन्डमै त्यस्ता केही स्वदेशी अश्लील शब्दहरूको सर्च अवस्था हेर्दा त्यसमा स्वाभाविक रूपमा नेपाल पहिलो त हुने नै भयो, त्यसबाहेक त्यस्ता किवर्डहरू सर्च हुने अन्य १० शीर्ष मुलुकहरूमा समेत नेपाली ठूलो मात्रामा श्रम गर्न जाने मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइनजस्ता मुलुकहरू छन्।

परविारमा कम घुलमेल हुने, जमघटहरूमा कम सामेल हुने र अभिभावकको स्याहारसुसार राम्रोसँग नपाएका तन्नेरीहरूले यस्ता साइटप्रति लत बसालेको अनौपचारकि अध्ययनहरूले देखाएका छन्। त्यसैले नेपालमा यस्ता साइटमाथि प्रतिबन्ध -ब्लक) गरनिुपर्ने आवाजसमेत उठिरहेका हुन्। तर, त्यसो गरहिालेमा पनि विभिन्न प्रोक्सी सर्भर र प्रोक्सी साइटको माध्यमबाट त्यस्ता साइटहरू चलेका उदाहरण विश्वका विकसित देशहरूमा समेत भएका कारण नेपाल त्यसका लागि प्राविधिक रूपमा सक्षम नभएको विज्ञहरू बताउँछन्। प्रोक्सी साइट त्यस्ता वेबसाइटहरू हुन्, जसमार्फत प्रतिबन्धित साइटहरू खोल्न सकिन्छ। अर्काको इन्टरनेट परचियमा चलाउने प्रविधि प्रोक्सी सर्भर हो। कम्प्युटर इन्जिनियर ध्रुव अधिकारी भन्छन्, "त्यसैले अलिकति पनि टेक्निकल्ली दक्ष व्यक्तिका लागि माथिका कुनै पनि बन्देजले समस्या सिर्जना गर्दैन।"

यौन मनोविज्ञहरू पोर्न साइटको असर किशोर-किशोरीमा छिट्टै देखिने बताउँछन्। खासगरी उनीहरूको अपरपिक्व मानसिकता र मनोविज्ञानलाई यस्ता सामग्रीले नकारात्मक प्रभाव पार्ने हुँदा अनेकन खराब परण्िाति पनि देखिने ठोकुवा गर्छन् उनीहरू। "यसले धेरै किशोर/किशोरीहरूमा त्यसमै निर्भरता बढाएको पाइन्छ, जुन मनोवैज्ञानिक रूपबाट हेर्दा समस्याको जड बन्न पुग्छ," त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका मनोचिकित्सक डा सरोज ओझा भन्छन्, "कतिपय अवस्थामा यसले यौनशिक्षाका रूपमा काम गरे तापनि किशोरावस्थामा त्यो विकृत दिशातर्फसमेत उन्मुख हुन्छ।"





साइट ब्लकको अपरिपक्वता

गत वर्ष कात्तिकमा गृह मन्त्रालयमार्फत जारी एउटा सूचनामा 'विद्युतीय सञ्चारमाध्यममा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका अश्लील सामग्री प्रसारण र प्रवाह हुने गरेको पाइएको र त्यस्ता सामग्रीले समाजमा विकृति र विसंगति फैलाउनुका साथै आपराधिक गतिविधिसमेत बढाउने' भन्दै ६० वटा पोर्न साइट बन्द गरेको थियो। पछि यो संख्या १ सय ५० सम्म पुग्यो।

विद्युतीय कारोबार ऐन, २०६३ अनुसार जारी गरएिको उक्त सूचनामा ऐनले निषेध गरेका त्यस्ता सामग्रीहरू इन्टरनेट सेवा प्रदायकहरूले रोक लगाउनुपथ्र्यो। तर, त्यसबेला सरकारले त्यस्तो निर्णय गर्दा सरकारसँग के कस्तोलाई अश्लीलताको दाँजोमा राख्ने र तिनलाई कसरी कारबाही गर्ने भन्ने वैज्ञानिक आधार थिएन। त्यसैले नेपाल टेलिकमको एडीएसएल सेवामा मात्र त्यो लागू भयो। अहिले त एडीएसएलबाटै त्यसबेला प्रतिबन्ध लगाइएका त्यस्ता साइट खुल्न थालेका छन्। विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केदार न्यौपाने भन्छन्, "त्यसबेला भएको विरोध र त्यसले सिर्जना गरेका अन्य समस्या देखेर यो निकै जटिल काम रहेछ भन्ने निष्कर्षमा हामी पुगेका छौँ।" प्रवक्ता न्यौपाने त्यसका लागि छुट्टै कानुन बनाएर अघि बढ्नुपर्ने ठान्छन् भने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदी यो प्राविधिक रूपमा जटिल विषय भएकाले कानुन मात्र सबथोक नहुने ठान्छन्। तर, पछिल्लो समय सरकारी अधिकारीहरू एउटा के कुरामा स्पष्ट भइसकेका छन् भने यो नियन्त्रणबाहिरको काम हो, पूर्ण असम्भव भने होइन। "त्यसैले अब पोर्न साइट हेर्नै नहुने होइन कि त्यसले सामाजिक मर्यादा र शिष्टाचार नबिगारोस् भन्नेमा केन्दि्रत हुनुपर्ने अवस्था छ," प्रवक्ता न्यौपाने थप्छन्।

इन्टरनेटमा त्यस्ता साइट प्रतिबन्ध लगाउने थुप्रै तरकिामध्ये एउटा त्यस्ता वेबसाइटहरूको पहिचान गरी रोक्नु हो, जुन लाखौँ त्यस्ता वेबसाइटहरूको जालोबाट गर्नु निकै जटिल काम मानिन्छ। त्यसबाहेक अर्को, सफ्टवेरको प्रयोगबाट पनि साइटहरू ब्लक गर्ने चलन छ। नेपालमा गत वर्ष यस्तै सफ्टवेयर प्रयोग गर्दा थुप्रै राम्रा वेबसाइटहरूसमेत बन्द भए। कारण सो सफ्वेयरले डोमेन र त्यस साइटका सामग्रीमा प्रयोग भएको 'सेक्स' शब्दलाई मात्र आधार मान्थ्यो । त्यसबाट सांगीतिक समूह 'सेक्सपिस्टोलअफिसियल', न्यूजसाइट 'हफिङ्टनपोस्ट'जस्ता उपयोगी साइट बन्द भएका थिए।
नेपालका  अश्लील साइट हेर्न तल क्लिक गर्नुहोस्

,

0 comments

Write Down Your Responses

Powered by Blogger.