प्रहरीले गोली चलाउँदा दुई घाइते

तीन साताअघि हत्या गरिएकी युवतीका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग राखेर सुनसरी दुहवीका स्थानीयले आन्दोलन गर्ने क्रममा आन्दोलन नियन्त्रणभन्दा बाहिर जाँदा प्रहरीले आज गोली चलाएको छ । प्रहरीले गोली लागेर दुई जना घाइते गाउँले भएका छन्। प्रहरीको गोली लागेर जलील मियाँ र बिजय पोदार घाइते भएका छन्। दुवैको विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले दुई राउण्ड गोली चलाएको जनाएको छ। आन्दोलन गर्ने क्रममा नेतृत्वकर्ताको नियन्त्रणभन्दा बाहिर गएर प्रहरी माथि नै आइलाग्ने प्रयास गरेपछि बाध्य भएर गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक सुरज खड्काले बताए। उनका अनुसार गोली चलाउनुभन्दा अघि चार राउण्ड अश्रृग्यास प्रहार गरेको थियो। गोली चलाउनुभन्दा स्थानीय बासीन्दाले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरीको दाबी छ। आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीयले एक दर्जन बढी सवारीसाधन तोडफोड गरेका छन्। तोडफोड गरिएका सवारीसाधनमा अधिकांश एम्बुलेन्स छन्। अहिले दुहवीको स्थिती तनाबग्रस्त छ। समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापासहितको टोलीले स्थानीयसँग वार्ता गरीरहेको छ। तीन साताअघि इफ्रान मियाँले आफ्नी कान्छी प्रेमिका सवलमसँग मिलेर जेठी प्रेमिका राधा मण्डलको हत्या गरेका थिए। हत्या गरिएकी राधा मियाँकी अविवाहित प्रेमिका हुन भने सवलम विवाहित प्रेमिका हुन। अहिले मियाँ र उनकी कान्छी प्रेमिका दुवै फरार छन्। सवलमकी सहयोगी जरिना खातुनलाई भने प्रहरीले पक्राउ गरेको छ। यसैबीच, दुहवीमा एम्बुलेन्स तोडफोड गरेको बिरोधमा इटहरी एम्बुलेन्स चालकले तीन बजेदेखि चौरास्त सडकमा अबरोध सृजना गरी यातायात अबरुद्ध गरेका छन्। प्रशासनले एम्बुलेन्स चालकको सुरक्षा प्रत्याभूति नगरेसम्म यातायात अबरुद्ध जारी राख्ने जनाएका छन।

0 comments

Write Down Your Responses

Powered by Blogger.