साहरुखमाथि दीपिकाको मुक्का प्रहार (फोटो फिचरसहित)

उसो त बलिउडका सुपरस्टार नायक साहरुख खानको निर्माणमा बनेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को छायांकन सकिएको छ । तर पनि हालै मात्र साहरुख खान र दीपिका पादुकोण बिचको केही रमाइलो दृश्यले सामाजिक संजाल देखि बलिउड मिडियामा चर्चा पाइरहेको छ । अहिले नायक साहरुख खान र दीपिका पादुकोणको निकटता निक्कै बढेको बताइएको छ । साहरुख र दीपिकाको निकटताले साहरुख पत्नी गौरी खान पनि चिन्तित रहेको भारितय संचारमाध्यहरुले जनाएका छन् । यो कुराको पुष्टि साहरुख र दीपिकाले छायांकनको क्रममा गरेको मस्तीले पनि चित्रित गर्दछ । साहरुखले दीपिकालाई कसरी मुक्का प्रहार गर्ने र अरुले हानेको मुक्काबाट कसरी बच्ने भन्ने बिषयमा राम्रै तालिम दिएका छन् । ईदको अवसरमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रोमो आइतबार बेलुकी हुने आइपीएलको फाइनलमा पहिलो पटक रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । यसका लागि नायक साहरुख खान नै उपस्थित हुनेछन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.