विवाहमण्डपबाटै पक्राउ परेको दुलाहा दुलहीले भने ‘फरक धर्मका कारण विवाह हुन दिइएन’


२७ वैशाख, सुर्खेत । जिल्ला प्रहरी कार्यालयले बालबिबाह गरेको आरोपमा बुधबार विवाहमण्डपबाटै दुलाहा दुलहीलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैलाई बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरका कमल शाही र मञ्जु माझी -नाम परिवर्तन) लाई बुधबार साँझ प्रहरीले विवाह गर्न लागेको अवस्थामा मण्डपबाटै पक्राउ गरेको थियो । दुवैलाई दुलाहा दुलहीकै पहिरनमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । दुलहीकी आमाले बुधबार आफ्नी छोरीको बालविवाह गराउन लागिएको भन्दै रोक्न माग गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । दुलहीकी आमाले आफ्नी १५ बर्षकी छोरीलाई ललाई फकाई २३ बर्षको केटासँग विवाह गर्न लागेको भन्दै निवेदन दिएकी थिइन् । दुलही माझीले भने आफू १५ नभई १८ बर्षको भएको दाबी गरिने । उनले आमाको र केटाको धर्म फरक भएकाले आफूलाई छुटाउन खोजेको बताईन् । ‘मेरी ममी क्रिस्चियन हुनुहुन्छ, म हिन्दु हुँ,’ उनले भनिन् ‘मलाई हिन्दूसँग गई भनेर छुटाउन लागिएको हो ।’ दुलाहाले पनि आफूहरुको धर्म फरक भएकाले नै विवाह छुटाउन खोजेको आरोप लगाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.