डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने
इङ्ग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने भएका छन् । उनले यो सिजनको अन्त्यबाट फुटबलबाट सन्यास लिने भएका हुन् ।
३८ वर्षीय बेकहृयामले गत जनवरीमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग ५ महिने सम्झौता गरेका थिए, जहाँबाट आएको रकम उृनले च्यारिटीमा खर्च गर्ने छन् । उनले भनेका छन्-’मलाई खेललाई निरन्तरता दिने मौका दिएकोमा पेरिस सेन्ट जर्मेनप्रति आभारी छु । तर, मलाई लाग्छ सन्यासका लागि यो नै उपयुक्त मौका हो ।’
बेकहृयामले इङ्ग्ल्याण्डका लागि १ सय १५ खेल खेलेका छन् । उनले म्यानचेष्टर युनाइटेडका लागि ३ सय ९४ खेल खेले, त्यसक्रममा युनाइटेडले ६ पटक प्रमियर लिग र एक पटक च्याम्पियन्स लिग जितेको थियो । पेरिस सेन्ट जर्मेनले हालै जितको लिग १ को उपाधीसँगै बेकहृयामको ट्रफी १९ पुगेको छ ।
उनी ४ देशको लिग जित्ने एक मात्र बेलायती खेलाडी हुन् । म्यानचेष्टर युनाइटेडबाट २००३ मा रियल मडि्रड गए, भने रियलले २००७ मा ला लिगा जित्यो । त्यसपछि उनी एलए ग्यालेक्सी गए, जसले उनी रहँदा लिग उपाधि जितेको थियो ।
0 comments
Write Down Your Responses