देशभरका २ सय ९ गाविस भोकमरीको चपेटामा
३ जेठ, काठमाण्डौं । खाद्य सुरक्षाको दृष्टिकोणले देशभरका २ सय ९ गाविस भोकमरीको सम्भावित सूचीमा परेका छन् । उत्पादन र उपभोगको सम्भावित सूचीमा परेका छन् । उत्पादन र उपभोगको बानी परिवर्तन नभए यी गाविसमा भोकमरी लाग्ने नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली -नेक्साप) को पक्षेपण छ ।
नेक्सापले सार्वजनिक गरेको सन् २०१३ को पहिलो अनुगमन प्रतिवेदनअनुसार मध्यपुरदेखि मध्यचैतसम्म यी गाविसमा खाद्यान्नको उपलब्धता र त्यसमा घरपरिवारको पहुँच न्युन देखिएको छ ।
जिल्लास्तरीय खाद्य सुरुक्षा सञ्जालले ७२ जिल्लामा गरेको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । प्रतिवेदनअनुसार विशेषगरी मध्यपश्चिमको कणर्ाली तथा सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्र भोकमरीको सम्भावित सूचीमा छन् । तराईका सिरहा र सुनसरीमा पनि यो समस्या देखिएको प्रतिवेदनमा उल्लेख गरिएको कारोबार दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses