सामाजिक अध्ययन विषयको दुईवटा केन्द्र
तोकिएको गौरीशंकर यादव क्याम्पसबाट छ जना परीक्षार्थी निष्काशित भएका छन्।
निष्काशित हुनेमा धर्मेन्द्र राय, पूनम कुमारी, सुनिता यादव, सीता कुमारी
जयसवाल, संगीता कुमारी र शोभा कुमारी रहेको जिल्ला शिक्षा अधिकारी दिलिप
कुमार ठाकुरले बताए।
यसैगरी तीनवटा केन्द्र कायम गरी जुद्ध उच्च
माध्यमिक विद्यालय गौरमा सञ्चालित परीक्षाबाट पनि छ जना निष्काशित भएका
छन्। निष्काशित हुनेमा राजीव रंजन यादव, राम नरेश प्रसाद साह, राम नरेश राय
यादव, रमेश कुमार यादव र अनिता यादव रहेको प्रमुख जिल्ला अधिकारी
दिलबहादुर घिमिरेले बताए। निष्काशित हुने अंग्रेजी, गणित र स्वास्थ्य
विषयका छन्।
बिहीबारको माध्यमिक तहको परीक्षा शान्ति र मर्यादितरुपमा
सम्पन्न भए पनि निम्न माध्यमिक तहको परीक्षामा अर्काको कापी सार्ने, गेस र
गाइडबाट नक्कल गर्ने र निरीक्षकले नै आफ्ना परीक्षार्थीलाई सिकाउने कार्य
गरेको गुनासो परीक्षार्थीले गरेका छन्। यसैबीच गौरीशंकर यादव क्याम्पसको
दुवै केन्द्रमा करिब आधा घन्टा ढिलो परीक्षा सञ्चालन भएको थियो।
शिक्षक परीक्षामा १२ परीक्षार्थी निष्काशित
परीक्षा दिन पुगेका परीक्षार्थीहरु। तस्बिर : मदन ठाकुर
रौतहट- शिक्षक सेवा आयोगले
लिइरहेको खुला प्रतिस्पर्धाको परीक्षा भद्रगोल देखिएको छ। शुक्रबारको
परीक्षामा व्यापक अनैतिक कार्य भएको देखिएको छ। जिल्ला सदरमुकाम गौरमा
पाँचवटा केन्द्रमा भएको निम्न माध्यमिक तहको परीक्षामा शुक्रबार एक दर्जन
परीक्षार्थी निष्काशित भएका छन्। निष्काशित हुनेमा अधिकांश महिला छन्।


0 comments
Write Down Your Responses