सुन दुई हजारले घट्यो


gold
सुन
काठमाडौं , जेष्ठ ५ - सुनको मूल्य एक सातामा प्रति दश ग्राम १८ सय ४० ले घटेको छ । यो गिरावट पछि शुक्रबार प्रति तोला सुनको मूल्य ५० हजार रुपैया तल ओर्लिएर ४९ हजार ७ सय ५० रुपैया पुगेको छ । साताको एक दिन बाहेक दिनहु मूल्य घटेको थियो । शुक्रबार सुनको मूल्य प्रति दश ग्राम ४२ हजार ६ सय ५५ रुपैया थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको असर नेपाली बजारमा परेको सुनचादी व्यवसायी महासंघले जनाएको छ । सुनको विक्री चाप बढी भएपछि मूल्य घटेको अनुमान व्यवसायीले लगाएका हुन् । विवाहको सिजन चलिरहेकाले स्थानिय बजारमा सुनको खपत बढेको छ । राष्ट्र बैंकले जेठ देखि असार मसान्तसम्म दैनिक सुन आयातको कोटा ५ किलोले बढाएको छ । यसअघि दैनिक १५ किलो सुन पाउने व्यवसायीले जेठ सुरु भएदेखि २० किलो पाउन थालेका छन् । बजारको माग बढेको समय कोटामा वृद्धि गरिएकाले केहि राहत भएको व्यवसायी बताउछन्् । व्यवसायीका अनुसार सिजनमा सुनको माग दैनिक ४० किलोसम्म पुग्छ । सुन संगै चादीको मूल्यमा पनि गिरावट आएको छ । व्यवसायीका अनुसार चादीको मूल्य प्रति दश ग्राम ३८ रुपैया ५० पैसाले घटेको छ । शुक्रबार बजार बन्द हुदा प्रति १० ग्राम चादीको मूल्य ७ ुसय ३३ रुपैया थियो । कारोबार घट्यो, परिसूचक बढ्यो काठमाडौं– सेयर बजार परिसूचकमा सुधार आए पनि यो साता कारोबार रकम घटेको छ । बजारमा सुचिकृत कम्पनीको तेस्रो त्रैमाशिक वित्तिय विवरण सार्वजनिक हुने क्रमसंगै परिसूचकमा केहि सुधार देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिनको तुलनामा अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ५८ अंकले बढेर ४ सय ९९ दशमलव ९५ विन्दुमा पुगेको छ । परिसूचक ५ सय नजिक पुग्न लाग्दा कारोबार रकम भने ३० प्रतिशत भन्दा बढीले घटेको छ । एक्सचेन्जका अनुसार यो साता ३३ करोड ७१ लाख ६० हजार रुपैयाँ बराबरका १६ लाख ४६ हजार ८ सय ८० कित्ता शेयर खरीद बिक्री भएका छन्् । जुन गत साताभन्दा ३४ दशमलव ०७ प्रतिशत कम हो । गत साता ५१ करोड १४ लाख १३ हजार रुपैयाँ बराबरका २५ लाख ६ हजार ५ सय ३० कित्ता शेयर खरीद बिक्री भएका थिए । कारोबार भएका ७ समूहको सूचक बढेको छ । सबैभन्दा बढी बिमा समूहको सूचक ७३ दशमलव ४८ अंकले बढेको छ । त्यस्तै जलविद्युत समूह ३३ दशमलव २८, अन्य २२ दशमलव ३२, वाणिज्य बैंक १७ दशमलव २४ अंकले बढेका छन्् । होटल समूहको सूचक ६ दशमलव ९९ अंकले घटेको छ । धेरै रकमको कारोबार गर्ने संस्थामा नविल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल बंगलादेश बैंक र चिलिमे हाइड्रो पावर कम्पनी छन्् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.