धरानमा क्रान्तिकारी र अनेरास्ववियु तथा नेवि संघबीच झडप

१२ जेठ, काठमाडौं । धरानको महेन्द्र क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियु तथा नेवि संघबीच झडप भएको छ । झडपमा आफ्ना केन्द्रीय सचिव अइन्द्र बेघासहितका ५ जना घाइते भएको क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्याम्पसमा भएको स्वागत कार्यक्रममा सम्बोधनका क्रममा रायमाझीले शंकरदेव क्याम्पसमा आफ्ना सर्थकनले नेवि संघका कार्यकर्ताले गुण्डागर्दी शैलीमा आक्रमण गरेको आरोप लगाउनु भएको थियो । लगतै मञ्चमा पुगेका नेवि संघका कार्यकर्ताले नेवि संघ गुण्डा हो भन्दै विवाद गरेका थिए । कार्यक्रम सकिएपछि जुलुस निकाल्ने क्रममा र अनेरास्ववियु तथा नेवि संघका कार्यकर्ताले ढुंगा हानेको क्रान्तिकारीको आरोप छ । नेवि संघका नेता बसन्त राईले भने सुरुमा क्रान्तिकारीले आफ्ना साथीहरुलाई पिटेपछि अखिलसँग मिलेर प्रतिकार गरेको बताउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.