ट्याक्सी भाडा अब एसएमएसबाटै थाहा पाइने

१२ जेठ, काठमाडौं । ट्याक्सीमा ठगीको गुनासो बढेपछि ट्राफिक प्रहरीले एसएमएसबाट भाडा जानकारी दिने व्यवस्था सुरु गरेको छ । ट्राफिक प्रहरीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अब एसएमएसबाट गुणस्तर तथा नापतौल विभागले तोकेको भाडा थाहा पाउन सकिनेछ । त्यसका लागि Taxi Rate लेखेर स्पेस दिने, त्यसपछि चढेको स्थान to ओर्लने स्थान लेख्ने र ४३२१ मा एसएमएस गर्नु पर्नेछ । ट्राफिक प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार एसएमएसमा हाल विभागले तोकेको ६ सय १२ स्थानको भाडा समावेश गरिएको छ । यसैगरी कुनै गुनासो भए Taxi लेखेर स्पेस दिने र आफ्ना गुनासो लेखि र ४३२१ मा एसएमएस गरे ट्राफिक प्रहरीले आवश्यक छानविन गर्नेछ । ट्राफिक प्रहरीका अनुसार हालसम्म मापसे चेकजाँचमा ८४ हजार २ सय २६ कारवाहीमा परेका छन् । उनीहरुमध्ये १४ हजार ७ सय ५६ को लाइसेन्स प्वाल पारिएको छ भने ७३ जनालाई सार्वजनिक मुद्दा चलाइएको छ । यस्तै पछिल्लो ६ महिनामा ठगी गर्ने १ हजार ४ सय २४ ट्याक्सी कारवाहीमा परेका छन् भने ३६ वटा मिटर जफत गरिएको छ । अत्याधिक गतिमा चलाउने ४ हजार २ सय ९७ सवारीलाई कारवाही गरिएको ट्राफिकले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.