मधेससँग लभ परेको नाटक गर्दैछन् प्रचण्ड : गगन थापा

बारा- नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारसँग तत्काल चुनावको मिति घोषण गर्न माग गरेका छन्। खिलराज रेग्मी नेतृत्वको सरकार देशमा लामो समयसम्म रहे देश दुर्दशामा फस्ने भएकाले देशको निकासका लागि तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने उनको माग थियो। बारा सिम्रौनगढमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसले अब हुने संविधान सभाको चुनावको घोषणा पत्रमा संघीय लोकतान्त्रिक संविधान र चार वर्षभित्र देशमा सबैका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको चुनावी नारा लिएर जनता समक्ष जाने कुरा बताए। प्रचण्डले केही दिन पहिला तराईको भ्रमणको क्रममा मधेससँग लभ परेको कुराको खण्डन गर्दै प्रचण्डले द्वन्द्वकालमा बासस्थल बनाएका रोल्पाली जनताको हुन नसकेको अवस्थामा मधेसी जनतालाई झुक्याउन मधेससँग लभ परेको नाटक गरिरहेको थापाले आरोप लगाए। अब हुने चुनावमा पार्टीलाई बहुमत दिलाउन तरुण दल र नेविसंघ सक्रिय भएर पार्टीसँगै जनतासम्म जानुपर्ने कुरा बताए। कार्यक्रममा जिल्ला सभापति राधेचन्द्र यादव, विजयशंकर यादव, ध्रुव लामालगायतकाले तराईका जिल्लामा कांग्रेस बलियो अवस्थामा रहेकाले पार्टीले राम्रो व्यक्तिलाई उम्मेदवार बनाए आउने चुनावमा तराईका जिल्लाबाट कांग्रेसले बहुमत ल्याउने बताएका थिए।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.