१५ दिनमा नेपाली क्रिकेटरको कमाई ८५ लाख
८ जेठ, काठमाण्डौं । बर्मुडामा आइसिसी
विश्व क्रिकेट लिग डिभिजन ३ को च्याम्पियन ट्रफी उचालेर काठमाण्डौं फर्केको
१५ दिन भयो । १५ दिनमा नेपाली टोली १२ वटा कार्यक्रममा सम्मानित भएको छ
भने करिब ८५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

नेपाली क्रिकेटरले बर्मुडाबाट फर्केयता
सात दिन सम्मान थापे । उनीहरुले बर्मुडाबाट काठमाण्डौं उत्रिएकै दिन २४
बैशाखमा तीन सम्मान थाप्न भ्याएका थिए । यस्तै वैशाख २७ मा पनि एकै दिन तीन
कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको नयाँ पत्रिकामा खबर छ ।
ती सम्मानमा खेलाडी र अफिसियलहरुले ८४ लाख
२० हजार पुरस्कार प्राप्त गरेका छन् । जसमध्ये सरकारले घोषणा गरेको
प्रतिव्यक्ति तीन लाख ५० हजारको पुरस्कार मन्त्रिपरिषदबाट पारित भए पनि
हस्तान्तरण हुन बाँकी छ । सरकारले हस्तान्तरण गर्न बाँकी रकमलाई समेत
जोड्दा हालसम्म एक खेलाडीले पाँच लाख ४३ हजार रुपैयाँ भन्दा बढी प्राप्त
गरेका छन् ।
|
0 comments
Write Down Your Responses