स्वास्नीले खान नदिएपछि जँड्याहाले लगाए घरमै आगो
भिडियोको लागी तल क्लिक गर्नुहोला


अझ बिजुली पानीको जोसले होस गुमेको र व्यहोरा पनि अलि सन्काहा भयो भने कहिलेकाहीँ बित्यासै पर्नसक्छ । अमेरिकामा यस्तै भएको छ । एकजना जँड्याहाले रक्सीले मात्तिएको अवस्थामा श्रीमतीले बेलामा खाना तयार नपारेको झोँकमा आफ्नै घरमा आगो लगाए । ६० वर्षका इडबार्ड जोन्सले आफ्नी श्रीमती बेभर्लीले बेलुकीको खाना समयमा तयार नपारेको रिसमा घरमा आगो लगाए ।
रक्सीले टिल्ल भएर रातमा घर फर्किँदा टेबुलमा श्रीमतीले डिनर ठिक्क नपारेपछि उनको रिसको पारो तात्यो । त्यसपछि उनले श्रीमतीसँग झगडा गर्न लागे । जँड्याहा लोग्नेले पिटपाट गर्ने लक्षण देखेपछि बच्नको लागि बिभर्ली छिमेकीको घरतिर भागिन् । लोग्ने ठीक ठाउँमा आउला र राति घर फर्किउँदा भन्ने सोँचेकी बिभर्लीले केही छिनपछि आफ्नो घरमा आगोको ज्वाला दन्किरहेको देखेपछि झसँग भइन् । लोग्ने जोन्स घरमा आगो लगाएर ढोकाबाट बाहिर निस्किरहेका थिए । बिभर्लीले तत्काल पुलिसलाई खबर गरिन् । दमकल आएर आगो निभायो र प्रहरीले जोन्सलाई पक्रियो । उनिमाथि आगजानीको अभियोगमा मुद्दा चलाइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses