लोकमान जनआन्दोलनको दमनकारी हैननः गच्छदार

२८ वैशाख, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले लोकमान सिंह कार्की जनआन्दोलनको दमनकारी नभएको दावी गर्नु भएको छ ।
bijaya
रौतहटको गौरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गच्छदारले शाहीकालका मुख्यसचिव कार्की राम्रो मान्छे भएकाले अख्तियारमा नियुक्त गरेको बताउनु भयो । ‘लोकमान सिंहको आदेशबाट कहीँ कतैबाट दमन भएको मलाई थाहा छैन’ उहाँले भन्नुभयो-’कर्मचारी सरकारको आदेशको पालोना गर्ने मात्र हुन्छ । मुख्य सचिव कुनै पनि ठाडै आदेश दिन सक्दैन । कार्यान्वय अनुगमनमा मात्र उनको भूमिका हुन्छ ।’ रायमाझी छानविन आयोगले दोषी ठहर गरेको भए कार्कीलाई पहिल्यै कारवाही भइसक्ने उहाँको भनाई थियो ।
सबैको सहमतिमा अख्तियार प्रमुखमा लोकमानलाई सिफारिस गरेको भन्दै उहाँले सहमतिको मसी नसुक्दै विरोध गरेर कांग्रेस सभापतिले द्वैध चरित्र देखाएको बताउनु भयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.