टङ किस घिन लाग्छ : स्मिता थपलिया

चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासागको कुराकानी :
‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ? म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।
सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?
म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।
‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?
उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।
चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?
कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।
वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?
म वास्तविक जीवनमा भने साधारण छु ।
नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?
मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।
अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?
मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

1 comments

ghanta click garnu tala ta aafnai tala click gareta ta ho :D

Write Down Your Responses

Powered by Blogger.