

नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोषको
नवौं संस्करणमा ४० हजार नयाँ शब्द थप्न लागेको उपकुलपति गंगाप्रसाद
उप्रेतीले जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ । नेपाली वृहत शब्दकोष
अद्यावधिक समितिका संयोजकसमेत रहेका उप्रेतीले भने, ‘दुई बर्षदेखि
शब्दकोषको नयाँ संस्करण निकाल्ने तयारीमा छौं, यसमा नेपालभित्र मातृभाषा र
नेपालबाहिर बस्ने नेपालीले प्रयोग गर्ने करिब ४० हजार शब्द थपिने छन् ।’
प्रतिष्ठानले २०४० सालमा पहिलो पटक करिब
६० हजार शब्दको नेपाली बृहत शब्दकोष प्रकाशन गरेको थियो । अव शब्दकोषमा एक
लाख शब्द हुने भएका छन् । शब्दकोष अद्यावधिक समितिमा भाषाविद्हरु चुडामणी
बन्धू, माधवप्रसाद पोखरेल, तारानाथ शर्मा र जीवेन्द्रदेव गिरी सदस्य छन् ।
0 comments
Write Down Your Responses