कांग्रेस लार्भा, एमाले झुसिलकिरो : भट्टराई


बुटवल – पूर्व प्रधानमन्त्री एवं एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेसलाई लार्भा, एमालेलाई झुसिलकिरा संज्ञा दिएका छन्। उनले आफ्नो पार्टी एमाओवादीलाई सबैभन्दा विकसित पुतली भएको दावी गरे। बुटवलमा बोल्दै उनले सत्ता भनेको कार्यपालिकामा बहुमत र न्यायपालिका आफू अनुकूल हुनु रहेको व्याख्या गरे। पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीले बुधबार बुटवलमा गरेको स्ववियु चुनावी सभामा उनले भने, 'विगतमा न्यायपालिका आफ्नो अनुकुल नहुदा राम्रो काम गर्न खोजे पनि राष्ट्रपति र न्यायालयले गर्न दिएनन्'– भ
ट्टराईले भने–'अबको संविधानसभा चुनावबाट सांचो अर्थमा सत्ता चलाउन दुई तिहाई सिट ल्याउने गरी तयारीमा लाग्नुस्।' पार्टीले दुई पटक सरकारको नेतृत्व गरेपनि सत्ता चलाउन नपाएकाले चाहेजस्तो गर्न नपाएको बताए। 'सत्ता भनेको कार्यपालिकासंगै न्यायपालिका र व्यवस्थापिका पनि आफ्नो बहुमतमा वा अनुकुल हुनु हो तर विगतमा न्यायपालिका आफ्नो अनुकुल नहुँदा राम्रो काम गर्न खोजे पनि राष्ट्रपति र न्यायालयले गर्न दिएनन्'– भट्टराईले भने। अबको संविधानसभा चुनावबाट साँचो अर्थमा सत्ता चलाउन दुई तिहाई सिट ल्याउने गरी तयारीमा लाग्न उनल निर्देशन दिए। स्ववियु चुनावको परिणामले संविधानसभा चुनावलाई प्रभाव पार्ने र जनमत सिर्जना गर्ने भएकाले स्ववियु चुनावलाई आफ्नो पक्षमा पार्न उनले विद्यार्थीलाई निर्देशन दिए। भट्टराईले राजनीतिको नेतृत्व अब युवा विद्यार्थीले लिनुपर्नेमा भन्दै पछिल्लो समय राजनीतिप्रति युवा विद्यार्थीमा अनास्था, अरुचि र घृणा बढेको देखिनु दुखद पक्ष भएको बताए। 'राजनीतिको बिंडो अब युवाले थाम्ने हो, नत्र दुभार्ग्य हुन्छ'–उनले भने। वर्तमान शिक्षा नीतिमा थुप्रै त्रुटि रहेको र अहिलेका क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै रहेको भट्टराईले बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.