नागरिक अगुवाले मागे खिलराजको राजीनामा
नागरिक समाजका अगुवाहरुले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको राजीनामा मागेका छन् । राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानमा आवद्ध शम्भु थापा, सुशील प्याकुरेल, चरण प्रसाई, टीकाराम भट्टराईसहितका नागरिक अगुवाहरुको बुधबार भएको भेलाले चैत १ गते जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश प्रतिगमन उन्मुख र लोकतान्त्रिक गणतन्त्र विरोध भएको निष्कर्ष निकालेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका ३३ दलले भने झै २५ बुँदेले अन्तरिम संविधानलाई असंवैधानिक र अलोकतान्त्रिक ढंगले संशोधन गरेको र मुलुक प्रतिगमनमा फसेको भन्दै भेलाले खारेजको माग गरेको छ । प्रतिगमनका प्रभावहरु कार्यकारिणी अंगका अतिरिक्त राज्यका अन्य अंगहरुमा पनि देखा पर्न थालेको भन्दै भेलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ-’प्रतिगमनका प्रभावहरुबाट राज्यका अन्य अंगहरुलाई समेत जोगाउन उक्त प्रतिगमनकारी आदेशको खारेजीको लागि आ-आफ्नो ठाँउबाट उठेर स्वतः स्फुर्त प्रतिरोध स्वरुप संघर्षमा क्रियाशील रहन हामी देशभरका सबै सचेत नागरिकलाई आव्हान गर्दछौं ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका ३३ दलले भने झै २५ बुँदेले अन्तरिम संविधानलाई असंवैधानिक र अलोकतान्त्रिक ढंगले संशोधन गरेको र मुलुक प्रतिगमनमा फसेको भन्दै भेलाले खारेजको माग गरेको छ । प्रतिगमनका प्रभावहरु कार्यकारिणी अंगका अतिरिक्त राज्यका अन्य अंगहरुमा पनि देखा पर्न थालेको भन्दै भेलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ-’प्रतिगमनका प्रभावहरुबाट राज्यका अन्य अंगहरुलाई समेत जोगाउन उक्त प्रतिगमनकारी आदेशको खारेजीको लागि आ-आफ्नो ठाँउबाट उठेर स्वतः स्फुर्त प्रतिरोध स्वरुप संघर्षमा क्रियाशील रहन हामी देशभरका सबै सचेत नागरिकलाई आव्हान गर्दछौं ।’दलहरुको नेतृत्वमा नागरिक सरकार नबनेसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ-’उक्त प्रतिगमनकारी आदेश सच्चिएर राजनीतिक दलहरुको नेतृत्वमा नागरिक सरकार बहाल नभएसम्म स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन संभव नभएकाले निष्पक्ष, स्वतन्त्र, भयरहित र सार्थक निर्वाचनका लागि वर्तमान सरकारले अविलम्व राजीनामा गर्नुपर्दछ ।’
गणतन्त्र दिवस बहिस्कार गर्ने
अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्तिमा विदेशी हस्तक्षेप नांगो रुपमा देखिएको र राष्ट्रियता कमजोर भएको ठहर गर्दै भेलाले राष्ट्रियताको संरक्षण र सार्वभौमिकताको रक्षाका लागि आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जस अनुसार जेठ १५ गते सरकारले मनाउने गणतन्त्र दिवस बहिस्कार गर्न र नागरिक स्तरबाट छुट्टै गणतन्त्र दिवस बनाउन आहृवान गरिएको छ । यस्तै लोकमानको बर्खास्तीको माग राख्दै १० गते रत्नपार्क शान्तिबाटिका विरोध कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।
को-को थिए भेलामा ?
शम्भु थापा, सुशील प्याकुरेल, चरण प्रसाई, टीकाराम भट्टराई, शर्मिला कार्की, रामेश्वर उपाध्याय, यशोदा तिम्सेना, महेन्द्र वहादुर गुरुंग, सुवोधराज प्याकुरेल, बाबुराम अधिकारी, उद्धव प्याकुरेल, रामकुमारी झाँक्री, विष्णु खत्री, इ. अनुराधा शर्मा, विष्णु निष्ठुरी, ठाकुर गैरे, दिनेश त्रिपाठी, रामकुमार भण्डारी, जनक वहादुर राउत, ज्ञानेन्द्र राज आरण, रक्षा वस्याल, द्रोण प्रसाद लामिछाने, सृजना सिंह, उषाकिरण तिम्सेना, श्याम लाल शाह, शारदा भुसाल, अभयराज जोशी, सावित्रि श्रेष्ठ, लक्ष्मी कोइराला, सुरेश कुमार भट्ट, मेघ वहादुर खत्री, कुन्दन अर्याल, पुर्ण जोशी, देववहादुर महर्जन, भवानी प्रसाद खरेल, चन्द्र अधिकारी, विनय कुमार, यज्ञ थापा, अशोक वान्तवा, सोम निरौला, प्रेम सापकोटा, भक्त कुमारी लामा, पशुपति कार्की, गणेश कुमार मण्डल, लोकराज अवस्थी, गोपीकृष्ण भट्टराई, गेहेन्द्र अधिकारी ।



0 comments
Write Down Your Responses