हेलिकोप्टरबाट बाल्टिन खस्दा पसलको छतमा प्वाल


क्यालिफोर्निया : अमेरिकी सेनाको हेलिकोप्टरबाट सफा गर्ने पदार्थले भरिएको एउटा बाल्टिन दुर्घटनाबस क्यालिफोर्नियाको सेन डिएगो क्षेत्रको एउटा पसलमा खस्दा पसलको छानामा प्वाल परेको छ । तर पनि कुनै क्षति नभएको अमेरिकि सेनाको दावी छ ।

सैनिक प्रबक्ता लेफ्टिनेन्ट टेलर बेलजरका अनुसार यो दुर्घटना सेन डिएगोमा मिरामर वायुसैन्य अड्डा नजिकै घटेको थियो । "दुर्घटनाबश सफाई गर्ने पदार्थले भरिएको बाल्टिन पसलमा खसेको थियो । त्यस समयमा पसल बन्द भएकोले अरु कुनै हानी नभए पनि पसलको छतमा ठुलो प्वाल परेको थियो ।" समाचारमा उल्लेख गरिएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.