लेक लागेर भरियाको मृत्यु

सोलुखुम्बु- निवासी सौरभ कुलुङको लेक लागेर मृत्यु भएको छ।आरोहीको सामान लिन सगरमाथा आधार शिविर पुगेका राई बिरामी भएपछि उपचारका लागि निकोलनिकी हस्पिटल लुक्लामा ल्याइएको थियो। उनको लुक्लामा उपचारका क्रममा बिहीबार मृत्यु भएको उनका पिता रामबहादुरले जानकारी दिए। बाइस वर्षीय कुलुङ बिरामी भएपछि अस्पताललमा ल्याइएको भए पनि उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन्। अस्पताल प्रशासनले भने लेक लागेर निकै जटिल अवस्थामा पुगेपछि ल्याइएका कारण उपचार सम्भव नभएको बताएको छ। अहिले यस वर्षका लागि आरोहण सकिएका कारण आधार शिविरमा रहेको क्याम्प उठाउने काम भइरहेको छ। आधार शिविरमा रहेका सामान फिर्ता गर्ने क्रममा भारी बोक्न गएका कुलुङको मृत्यु भएको हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.