चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने


Dilip
एभरेष्ट साइन्स सेन्टरले चन्द्रमाबाट ल्याएको ढुङ्गा प्रदर्शन गर्ने दाबी गरेको छ । एभरेष्ट साइन्स सेन्टरले सुनसरी जिल्लाको अमाहीवेलहा गाविस – ७ स्थित सीतागन्जमा रहेको शान्ति वनमा चन्द्रमाको धरातलमा भएको ३ अर्ब ७५ करोड वर्ष पुरानो १२० ग्रामको चट्टानको टुक्रा प्रदर्शन गर्ने दाबी गरेको हो । शनिबार होटल हिमालयमा पत्रकार सम्मेलन गर्दै १९७२ मा अमेरिकी अन्तरिक्ष यान अपोलो १७मा गएका अन्तरिक्षयात्री ज्याक स्मिटको नेतृत्वमा गएको टोली काटेर प्रदर्शन गर्न सकिने गरी चन्द्रमाबाट ल्याएको मेयर बसाल्ट नामक चट्टानको टुक्रालाई २०१३ अगस्ट ४ तारिखदेखि ३१ तारिख सम्म प्रदर्शन गर्ने भएको हो । २००१ मा निजी क्षेत्रबाट स्थापना भएको नेपालको एकमात्र प्रथम विज्ञान केन्द्रले वाशिङ्गटन डिसी अमेरिकाको सन् २००२ देखि नै सदस्य भएर विभिन्न अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनहरुमा सहभागी भई तारा मण्डल प्रदर्शन, विज्ञान मेला, विज्ञान प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण जस्ता कार्य गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका अध्यक्ष डा. दिलिप अधिकारीले विज्ञानलाई सरलीकरण गरौं भन्ने नारासहित आम जनमानसमा विज्ञानको विकास, प्रयोग र त्यसबाट हुनसक्ने लाभलाई सामान्य जनताले बुझ्नसक्ने गरी प्रदर्शन गर्न लागेको बताए । शान्ति वनदेखि चन्द्रमासम्म नाम दिईएको प्रदर्शनी चन्द्रमामा पहिलो पाईला टेकेका अमेरिकी वैज्ञानिक नील आर्मस्ट्रङको जन्म अगष्ट ५, १९३० र निधन अगष्ट २५, २०१२ मा भएकाले अगष्ट महिनाभरी उनको सम्झनामा विशेष प्रदर्शनी गर्न अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासासँग सम्झौता गरिएको जानकारी दिए । नासाको पहलमा हुन लागेको प्रदर्शनी विज्ञान प्रदर्शनीमा चन्द्रमामा हिँड्दा हुने अनुभव महशुस गर्न सकिने प्रयोगका साथै नेपालमा पहिलो पटक थ्रिडी सिनेमा प्रदर्शन, पिकनिक, नौका विहार, खाना तथा बासको पनि व्यवस्था गरिएको जानकारी अध्यक्ष अधिकारीले दिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.