संविधानसभा विघटनदेखि लोकमान प्रकरणसम्म विदेशी चलखेल'
एमालेले संविधान सभा विघटनदेखि लोकमान प्रकरणसम्म बाह्य चलखेल भएको दाबी गरेको छ । तर, उसले चलखेल को बाट भएको हो स्पष्ट पारेको छैन । केन्द्रीय समिति बैठकले त्यस्ता चलखेललाई चिर्न नसकेको र चिन्न समेत नसकेको भन्दै आत्मसमीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै एमालेले पछिल्लो विवादस्पद निर्णयका कारण सरकार चुनावी उद्देश्यबाटै बाहिर जान खोजेको हो कि भन्नेमा शंका व्यक्त पनि गरेको छ ।
'निर्वाचन सम्पन्न गर्ने मुख्य दायित्वसहित गठन भएको सरकार निर्वाचनको वातावरण बनाउने कुरामा भन्दा विवादस्पद नियुक्तिमा अल्झिँदै गएकोले निर्वाचनप्रतिका आशंकालाई अझ बढाउने काम भएको छ,' एमालेको निर्णयमा छ ।
अध्यक्ष झलनाथ खनालले पहिले कार्कीको बिषयमा समर्थन दिए पनि पार्टीले संस्थागत रुपमा त्यसलाई फिर्ता लिएको र नियुक्ति नगर्न भन्दा भन्दै राष्ट्रपतिले जबरजस्ती कार्कीलाई सपथ ग्रहण गराएको बताए । यसम्बसन्धमा एमालेले यसअघि नै खेद समेत व्यक्त गरेको छ । कार्की प्रकरणले उच्चस्तरिय राजनीतिक समितिको औचित्य र कार्याविधि माथि समेत प्रश्न उठेको एमालेले जनाएको छ ।
'ऐतिहासिक जनआन्दोलनको भवना र परिवर्तनको प्रक्रिया प्रतिकुलका यस्ता घटनाबाट पार्टी चिन्तित छ,' एमालेले भनेको छ,' यसले चारदलीय संयन्त्रको कार्याविधि र औचित्यमाथि समेत प्रश्न उठाएको छ ।' समितिको कार्याविधिमा सबै निर्णय सर्वसम्मत हुनुपर्ने व्यवस्था रहेको र कार्की प्रकरणमा पार्टीको संस्थागत अडान विपरीत निर्णय भएको एमालेको निष्कर्ष छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses