आजको राशिफल

आज मिति २०७० साल जेठ  महिनाको १०  गते सुक्रबार, तदनुसार मे महिनाको २४ तारिख, चतुर्दसी तिथीको राशिफल यस प्रकार छ ।

मेष (चू चे चो ला ली लु ले लो अ)
आज केही शुभ कार्यको योजना बन्ने योग छ । घरमा नसोचेको पाहुना आउने हुँदा घरायसी व्यबहारमा केही तनावको अबस्था आउन सक्दछ । सभा समारोह आदीमा भाग लिने अवसर मिल्नेछ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
नोकारीमा इच्छित स्थाननान्तरण मिल्ने योग बन्ने छ। नयाँ परिचय लाभप्रद रहनेछ। आफ्नो कार्यकुशल्तामा अरु निखर आउनेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)
ब्याबसायिक कारोवारमा सफलता प्राप्त हुनेछ। चन्द्रको चाल प्रतिकुल हुनेछ। ब्यार्थको झन्झट तथा बाधा आईपर्ने देखिन्छ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
परिवारमा शुभ कार्य सम्पन्न हुनेछ। ग्रह-गोचर शुभ रहनेछ। इच्छित कार्य गर्ने अवसर मिल्नेछ। शुभ कार्यको योजना पूर्ण हुनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
कानूनी बिबादको बिजयी तपाईंको पक्षमा हुनेछ। ग्रह-गोचरको अनुकुलताले फलप्रद समय आउनेछ। तपाईंको साहस र पराक्रममा बृदि हुनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
मुद्दाममिलामा बिजयी मिल्नेछ तर केही धन हानी हुने देखिन्छ। चन्द्रको चाल प्रतिकुल हुनेछ, मनोकुल कार्य सम्पन्न हुन किन्नै कठिन देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
घरायसी परिस्थितीमा केही सुधार आउनेछ। आयको स्रोत मध्यम रहनेछ। दाम्पत्य जीवनमा सुधार हुनेछ। बैबाहिक सुख तथा आनन्द प्राप्त हुनेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आज गरेको कार्यमा मित्रहरुबाट प्रशस्त सहयोग मिल्नेछ तर आफ्नो क्रोध तथा अहंम भावनालाई परै राख्नु पर्ने देखिन्छ।आर्थिक समस्याले पिरोल्ने देखिन्छ। कानूनी झन्झटबाट मुक्ती मिल्नेछ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आज अचानक तपाईंको भाग्यदय हुने देखिन्छ। आर्थिक लाभ पनि राम्रै सँग हुनेछ। समयले हरेक कुरामा साथ दिने देखिन्छ। मौकाको फाईदा उठाउनु होला। कार्यभार तथा पराक्रम बढ्ने देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
पारिवारिक आवश्यकताको पुर्ती हुनेछ। कृषि क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ। कार्यस्थलमा समय मध्यम रहनेछ। मान-सम्मानमा बृदि हुनेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
समय एकदम अनुकुल रहेको देखिन्छ। रहन सहन , खानपानमा सुख मिल्नेछ। बिशेष कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ। घर परिवारमा सुख बढ्नेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
परिवारमा कुनै शुभ कार्य सम्पन्न हुनेछ। दाम्पत्य जीवनमा सुख शान्ती आउनेछ भने बिग्रेको काम पनि बन्ने छ। ग्रह-गोचरको स्थिती शुभ रहनेछ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.