हावाबाटै तीनहजार मेगावाट बिजुली


lightning bulb१ असार, काठमाण्डौं । नेपालमा हावाबाट मात्रै तीन हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । भौगोलिक र प्राकृतिक रुपमा नेपाल वायु उर्जाको अपार सम्भावना भए पनि सरकारी वेवास्ताका कारण यसको सदुपयोग हुन सकेको छैन् । नेपालका धेरै स्थान हावाको प्रकृति र वेगका कारण पनि वायु उर्जाको लागि आकर्षक छन् । तीन मिटर प्रतिसेकेन्ड हावा चल्ने ठाउँबाट व्यावसायिक रुपमै वायु उर्जा उत्पादन गर्न सकिन्छ । मुस्ताङ तथा केही उत्तरी हिमाली भेगमा प्रतिसेकेन्ड नौ मिटरसम्म हावाको गति भेटिएको छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका अधिकृत मुकेश घिमिरेले वायु उर्जा उत्पादनका लागि यो धेरै राम्रो अवस्था भएको जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले संयुक्तराष्ट्रसंघीय वातावरणीय कार्यक्रमको अध्ययनले नेपालमा तीन हजार मेगावाट वायु उर्जा सजिलै निकाल्न सकिने प्रतिवेदन दिएको छ तर भौगोलिक विकटता र यातायात असुविधाका कारण अभियानले गति लिन सकेको छैन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.