नेपालको उत्तरी सीमा क्षेत्र मापन गर्न विशेष प्रविधि र विमान प्रयोग हुने

१२ असार, काठमाण्डौं । छिमेकी मुलुक चीनसँग जोडिएको उत्तरी सीमा क्षेत्र मापनका लागि जर्मन कम्पनीका तर्फबाट औपचारिक प्रस्ताव गरिएको छ । नेपालस्थित जर्मन दूतावासले गत वैशाख २५ गते परराष्ट्र मन्त्रालयलाई ‘नोट भर्बल’ लेखी अनुसन्धानका लागि नेपाल सरकारको अनुमति र सहयोग अपेक्षा गरिएको जनाएको छ ।
जर्मन प्रस्तावमा आगामी भदौ-असोजमा प्रोजेक्टको काम सुरु हुने उल्लेख छ । तर कहिलेसम्म त्यो कार्य जारी रहन्छ भन्ने पत्रमा लेखिएको छैन् । उक्त कार्यका लागि अत्याधुनिक मापन औजार र प्रविधिसहित दुईजनामात्र उड्न मिल्ने विशेष विमान प्रयोग गरिने पत्रमा जनाइएको छ ।
पोखरालाई हेडक्वाटर बनाएर जर्मनीको माउन्टेन वेभ प्रोजेक्टले उत्तरतर्फका हिमालमाथि धेरैपटक उडान गरी हवाईजहाजमार्फत त्यस क्षेत्रको तथ्यतथ्यांक संकलन गर्नेछ । यसका लागि प्रयोग गर्न लागिएका स्टिम एस १० भीटीएक्स र एस १० भीटी मोडेलका दुई जहाजले सगरमाथाको उचाइभन्दा १६ हजार फिटमाथि अर्थात ४५ हजार फिट उचाईमा उड्न सक्ने क्षमता राख्छ ।
यिनै जहाजमार्फत अन्नपूर्ण, धौलागिरी हिमशृंखला हुँदै पुर्वमा सगरमाथ क्षेत्रसम्मको मापन गर्ने जर्मन प्रस्ताव रहेको बुधबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.