५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले
काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका 
पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले 
उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी 
स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० 
रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो । 
उमेर सानो भएका कारण प्रहरीले ती किशोरको 
नाम भने सार्वजनिक गरेको छैन् । तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी
 पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा 
ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।



 
 
0 comments
Write Down Your Responses