सर्प लखेट्दा नाग भेटियो !

रुकुम, - जिल्ला पशुसेवा कार्यालय रुकुममा सर्प लखेट्ने क्रममा नौलो आकृति फेला परेपछि स्थानीयबासिन्दाले देवताको अवतार भएको भन्दै पुजापाठ गर्न थालेका छन् । सप लखेट्दा भेटिएको नागको आकृति राखिएको ठाउँमा मानिसहरुको भिडभाड बढेको छ । 
 
कार्यालयको आँगनमा देखा परेको सर्पलाई कर्मचारीहरु भवानीसुन्दर रोकाय र सन्तोष गौतमले लखेटेको र त्यो सर्प पसेको दुलो भित्र गाइको र सर्पको आकृति फेला परेको कार्यालय प्रमुख रसिकलाल यादवले जानकारी दिनुभयो । कार्यालयको गेट नजिकै फेला परेको ढुङगाको अकृति नाग देवताको जस्तै भएको भन्दै अहिले कार्यालयको आगनमै राखिएको छ । बिहीवार बेलुकी साँझ फेला परेको नाग देवताको दर्शन गर्न शुक्रबार विहानबाट स्थानियबासीहरुको घुइँचो लागेको छ । 
नाग देवताको आकृति फेला परेको थाहा पाएपछि जिल्लाका केही कार्यालयका प्रमुखहरुसमेत दर्शन गर्न सल्लेमा रहेको पशुसेवा कार्यालयमा पुगेका थिए । दुलो भित्र गाईको टाउको जस्तो आकृतिलाई सर्पले छोपेर राखेको जस्तो अवस्था देखेपछि स्थानीयबासिन्दाहरुले कुनै न कुनै दैविक शक्ति रहेको दावी गदै मन्दिर स्थापना गर्न लागि परेका छन् । ‘यो क्षेत्रमा कुनै न कुनै शक्ति लुकेको छ अब हामी यसको संरक्षणमा लाग्छौ’, स्थानियबासिन्दा टेक बहादुर बोहराले भन्नुभयो । 
स्थानीय समाजसेवी मनोज खड्काले मन्दिर निर्माणको लागि आफूले सहयोग गर्ने बताउनुभयो । पशु सेवा कार्यालय नजिक बेला बेला यस्ता आकृतिहरु फेला पदै आएको स्थानियबासिन्दाहरुले बताउँदै आएका छन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.