भारतले पाकिस्तानलाई ८ विकेटले हरायो
२ असार, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई ८
विकेटले पराजित गरेको छ । वर्षाका कारण प्रभावित खेल पटक–पटक रोक्नु परेको
थियो ।
पहिले व्याटिङ थालेको पाकिस्तानले
भारतसामू १ सय ६६ रनको लक्ष्य प्रस्तुत ग¥यो । वर्षाका कारण ४० ओभरमा
छोट्याइएको खेलमा पाकिस्तानले अन्तिम २ बल बाँकी छँदै सबै विकेट गुमाएर १
सय ६५ रन बनायो । उसका लागि असद सफिकले सर्वाधिक ४१ रन बनाए । भारतका
भुवनेश्वर कुमारले १९ रन दिएर २ विकेट लिए ।
जवाफमा भारतले व्याटिङ थाल्नु अघि नै
वर्षा भएपछि डकवर्थ लुईसका आधारमा भारतलाई १ सय ५७ रनको लक्ष्य दिइयो ।
फेरि वर्षा भएपछि २२ ओभरमा १ सय २ रनको नयाँ लक्ष्य तोकियो । जुन, भारतले
सहज रुपमा १७ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । शिखर धवनले ४८ रन
बनाए ।
जितपछि यसअघि नै सेमिफाइनल पुगेको भारतले सबै खेल जितेर ६ अंक बनाएको छ भने पाकिस्तानले अंकको खाता ने खोल्न सकेन ।
श्रोत : अनलाईनखबर
|
0 comments
Write Down Your Responses