यो भाँडामा नखानुस् खाना नपुंसक भइएला

प्लाष्टिक हाम्रो दैनिक जीवनमा प्रयोग हुने वस्तु हो । हरेक काममा प्लाष्टिकको प्रयोग हुने गर्छ र हामी चाहेर पनि प्लाष्टिकलाई आफ्नो जीवनबाट टाढा राख्ने कल्पना पनि गर्न सक्दैनौ । चाहे बजारबाट सामान ल्याउन होस् या खाना प्याक गरेर ल्याउन होस् या चिया खान होस् हरेक काममा प्लाष्टिकको भाँडाको प्रयोग हुने गर्छ ।

तर, यही प्लाष्टिक स्वास्थ्यका लागि भने अस्वस्थकर छ । प्लाष्टिकका भाडामा चिया खानु, वा प्लाष्टिकको लेपन गरिएको भाडामा खान खानुले नपुंसक हुने सम्भावना समेत रहन्छ । एक सोधका अनुसार प्लाष्टिकमा कुनै तातो वस्तु राख्दा प्लाष्टिकमा बिपिए (विष फिनोल ए) नामको एक रसायन निस्किन्छ, जसले पुरूषलाई नपुंसक बनाउन सक्छ ।
मुसामा गरिएको परिक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो । यसले नपुंसक बनाउनुका साथै मष्तिष्कमा पनि प्रभाव पार्न सक्छ भने हृदयघातको खतरा समेत ल्याउँछ ।
यस्तै, सोध अमेरिकाको अफसेट बुकमा समेत प्रकाशित भएको थियो । क्यान्सर स्पेशलिष्ट र क्यान्सर विनर्स एसोसियसनका सदस्य डा. पवन गुप्ताले बताएअनुसार प्लाष्टिक जब तातो पेय तथा खानासँग सम्पर्कमा आउँछ तब बिपिए नामको रसायन निकाल्छ र यसले नपुसंक बनाउनुका साथै मुटु रोग, मष्तिष्कमा समेत प्रभाव पार्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.