५ भदौ, काठमाण्डौं । आज जनैपूणिर्मा सनातनी हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूणिर्मा’ भनिएको हो ।
जनैपूणिर्माका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी ।
हिन्दु दर्शनअनुसार जनैलाई ‘ब्रहृमसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन् ।
ऋषि तर्पणी हिन्दु तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले मानिन्छ ।
यस दिन
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।।’
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि -भैंसेपाटी), रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, पाँचपोखरी (रामेछाप), पाँचपोखरी (सिन्धुपाल्चोक), दुधपोखरी-लमजुङ ( मनाङ-कास्कीको दोभानमा रहेको), त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।
नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु-पुन्ही’ भनी मनाइने परम्परा रहेको छ ।
विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।
आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ ।
हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरू पनि जनै पूणिर्माका दिन जनै धारण गर्दछन् । यहाँका मगरहरू जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ ।
प्रथम विश्वयुद्धमा ब्राहृमण, क्षेत्री र मगरहरूको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरूको भनाइ छ ।

0 comments
Write Down Your Responses