मलेसियामा एक हप्तामा पाँच नेपालीको ज्यान गयो
क्वालालम्पुर । मलेसियामा रहेर गीत संगीतमा निरन्तर क्रियाशील रहँदै आउनुभएका गायक एवं संगीतकार बुद्ध थापाको गत शुक्रबार मलेसियामा निधन भएको छ । १३ वर्षदेखि मलेसियामा रही नेपाली गीत संगीतप्रति आफ्नो जीवन समर्पण गर्दै आउनुभएका ४७ वषिर्य थापाको हृदयघातबाट निधन भएको हो । सिरहा जिल्लाको गोलबजार स्थायी घर भएका बुद्ध थापाले करीब २० वर्षभन्दा लामो समय गीत संगीतमा योगदान पुरयाउनु भएको थियो । गीत संगीतमै लागेर भविष्य खोज्दै गर्नुभएका थापाले मलेसिया आएर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिनुभएको थियो ।
वालकृष्णले झुण्डिएर आत्महत्या गरे
मलेसियाको कुलुवाङमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । काठमाडौं घर भै ज्याक स्पिड लेदर स्पेशल कम्पनी कुलवाङ तामान श्रीकुलाङमा कार्यरत ३५ वषिर्य वालकृष्ण परियारले आफनै होस्टलको ट्वाईलेटमा गएको १२ तारिखका दिन झुण्डिएर आत्महत्या गरेका हुन । सवै साथीहरु काममा गएको मौका छोपेर उनले आत्महत्या गरेका थिए । उनले के कारणले आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन । उनी २७ महिना अगाडि मात्रै रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।
केमिकलको ट्यांकीमा डुब्दा मोतीको ज्यान गयो
केमिकलले भरिएको ट्यांकी सफाई गर्ने क्रममा पाइपमा चिप्लिएर ट्यांकीभित्र पर्दा एक नेपालीको मलेसियामा ज्यान गएको छ । जोहोरमा रहेको जेसिवाई कम्पनीमा कार्यरत धरान १६ घर भएका २२ वषिर्य मोती लावतीको घट्नास्थलमै मृत्यु भएको हो । गएको १६ तारीखका दिन बिहान दश बजेतिर अरु साथीहरु खाना खान लागेको समयमा आफ्नो ड्युटी गरिरहेका उनी सोही समयमा चिप्लिएर ट्यांकीभित्र परेका थिए । उनको शवलाई पोष्टमार्टमको लागि नजिकैको हस्पिटलमा राखिएको छ । उनको शव नेपाल पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
उपचारकै क्रममा दिलको ज्यान गयो
बिरामी भएर अस्पतालमा उपचार भैरहेको अवस्थामा क्वालालम्पुरमा एक नेपालीको मंगलबार विहान ज्यान गएको छ । रुकुम जिल्ला चुनवाङ गाविस वडा न १ गैरीगाउँ घर भई मलेसियामा कार्यरत रहेका अन्दाजी ३८ वर्षका दिलबहादुर पुनको ज्यान गएको हो ।
बिरामी भएका पुन शनिवार मात्र क्वालालम्पुर अस्पतालमा भर्ना भएका थिए । पुन करीब ९ वर्ष अगाडिदेखि मलेसियामा कार्यरत रहेका थिए भने पछिल्ल्ाो पटक काशमार्क सोसिङ एसडिएन विचएडी चेरासमा कार्यरत रहेका थिए ।
सुतेकै अवस्थामा रामबहादुरको ज्यान गयो
तामिनजया वुकिट विल्पीमा एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ । बिहीबार दिनभर सकुशल काम गरेर राति ९ वजे होस्टलमा आई खानपिन गरी सुतेका रामबहादुर कार्कीको सकुशल सुतेकै अवस्थामा निधन भएको हो । तेह्रथुम सिम्ले-९ जन्मघर र हाल मोरङ जिल्ला गोविन्द पुर-२ वस्दै आएका कार्की तामिनजया स्थित पिएमबी ईभरलास टेक्नोलोजी कम्पनी कार्यरत थिए । बिहान काममा जाने बेलामा साथीहरुले उठाउँदा उनको निधन भएको थियो ।
0 comments
Write Down Your Responses