यु-१६ साफ फुटबल नेपालको पहिलो खेल भुटानसँग
४ साउन, काठमाडौं । यु-१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रवार निकालिएको ड्र अनुसार नेपालसहित भुटान, अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् ।
भारत, बंगलादेश र श्रीलंमा समूह बीमा परेका छन् । नेपाल र भुटानबीचको खेल शनिवार दिउँसो ४ बजे दशरथ रंगशालामा हुने छ । समूह एकै अर्को खेलमा शनिवार अफगानिस्तान र पाकिस्तान भिड्ने छन् । यी २ बीचको खेल भने लगनखेलमा रहेको आर्मीको मैदानमा हुने छ ।
प्रतियोतिगामा सहभागि हुन सवै ७ टिम काठमाडौं आइसकेका छन् । २३ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त थापा मगरले गर्नेछन् । टोलीमा आकाश थापा, अमित तामाङ, अभिलष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरब बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना रहेका छन् ।
त्यसैगरी प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ पनि टोलीमा अटाएका छन् । मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् भने सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र सहायक प्रशिक्षक रहेका छन् ।
0 comments
Write Down Your Responses