विदेश जाने महिलाको संख्या २७ हजार ७ सय
१३ साउन, काठमाण्डौं । श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या बर्सेनि बढ्दै छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक बर्ष २०६९/७० मा कामका लागि विदेशिने महिलाको संख्या २७ हजार ७ सय १३ पुगेको छ । जबकि अघिल्लो आर्थिक बर्ष २२ हजार ९ सय ५८ जना विदेश गएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच हजारले बढी हो ।
विभागका अनुसार यो आर्थिक वर्षमा विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा सात हजार ६ सय ८७ पुगेका छन् । त्यस्तै सबैभन्दा कम जापानमा एक सय १६ पुगेका छन् । यसैगरी मलेसियामा सात हजार एक सय ६३, कुवेतमा पाँच हजार नौ सय ८२, कतारमा आठ सय ९३, ओमनमा छ सय ४७, साउदी अरबमा ३ सय ६७, बहराइनमा २ सय ३६, दक्षिण कोरियामा १ सय ९० महिला वैदेशिक रोजगारीका लागि पुगेको गोरखापत्र दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses